मनोवैज्ञानिक सौन्दर्यशास्त्र

मनोवैज्ञानिक सौन्दर्यशास्त्र

स्वास्थ र सकारात्मक जीवनशैलीले नै मनमस्तिष्क तथा सौन्दर्यमा चमकता र निक्खरता ल्याउँछ। स्वस्थ मस्तिष्क जीवन र सुन्दरताको आधार हो। त्यसैले मस्तिष्कलाई स्वस्थ, दीर्घायु र सुरक्षित राख्न आवश्यक हुन्छ। मस्तिष्क, मन र शरीर स्वस्थ र सुन्दर हुन सबैभन्दा महत्त्वपूर्ण कुरा शरीरका सम्पूर्ण अंगमा पर्याप्त रक्तसञ्चार हुनु आवश्यक हुन्छ। रगतद्वारा नै शरीरका कोषहरूलाई आवश्यक अक्सिजन तथा पोषण तत्त्वहरू उपलब्ध हुन्छ।

पर्याप्त मात्रामा अक्सिजन तथा पोषक तत्त्वहरू पाएको खण्डमा नै कोषहरू स्वस्थ र जवान हुन्छन्। लगभग १४ सय ग्रामको मस्तिष्कलाई शरीरका लागि चाहने २५ प्रतिशत रगत, ग्लुकोज तथा अक्सिजन आवश्यक पर्छ। तर, मस्तिष्कलाई स्वस्थ र सुन्दर राख्न यत्तिले मात्र पुग्दैन। चिन्ता, ईष्र्या तथा तनावबाट पनि बच्नुपर्छ। यिनै कुरालाई केन्द्रमा राखेर यदि मानिसले यी सात कुरालाई व्यवहारमा ल्याएको खण्डमा मस्तिष्कमात्र होइन, जीवन नै बुढेसकालसम्म स्वस्थ, सुन्दर र सुखमय रहन्छ।

नवीन क्रियाकलाप : मानिसको मस्तिष्कमा एक असाधारण र अद्भुत लचकताको गुण हुन्छ। त्यो गुणलाई स्नायु विज्ञानको भाषामा न्युरोप्ल्यास्टिसिटी भनिन्छ। जसबाट मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ। त्यसैले मानिसले कुनै पनि उमेरमा नयाँ कुरा सिक्न सक्छ। नयाँ विचार तथा क्रियाकलापहरूले मस्तिष्कलाई सुन्दर बनाउँछ। मस्तिष्कलाई स्वस्थ र सुन्दर बनाउन नयाँ नयाँ किताब पढ्ने, नयाँ ठाउँ घुम्ने तथा विचारमा नवीनता ल्याउने गर्नुपर्छ।

सामाजिक सहभागिता : स्वस्थ मस्तिष्क र सामाजिक सक्रियताको गहिरो सम्बन्ध छ। जसलाई सामाजिक सक्रियताको खाँचो हुन्छ। त्यो किनभने मानिसको मस्तिष्क सामाजिक विशेषताको हुन्छ। वास्तवमा सामाजिक सक्रियता तथा समाजसेवाजस्ता मानवीय कुराहरू मस्तिष्कका खुराक हुन्।

मस्तिष्कको रक्षा : स्वस्थ र सुन्दर रहन मस्तिष्कको रक्षा गर्न आवश्यक छ। शरीरको मोटोपन घटाउने, रक्तचाप सामान्य राख्ने, कोलेस्ट्रोल नियन्त्रण गर्ने, होमोसिस्टिन सामान्य राख्ने आदि कााम गर्नुपर्छ। होमोसिस्टिनको मात्रा बढ्यो भने हृदयाघात, स्ट्रोक, स्मृतिलोप तथा अल्जाइमर हुने खतरा बढ्छ। शिरलाई चोटपटकबाट बचाउने, आँखा तथा कानलाई ठीक राख्ने, आवश्यक परेको खण्डमा चस्मा आदिको प्रयोग गर्ने, व्यायाम गर्ने, सधैं सन्तुलित आहार लिने, मस्तिष्कलाई प्रयोगमा ल्याउने, मधुमेह, तनाव आदिबाट बच्ने, धूमपान नगर्ने र स्वस्थ जीवनशैली अपनाउने गर्नुपर्छ।

व्यायाम : व्यायाम सुन्दरताको एक आवश्यकता हो। मन, मस्तिष्क तथा शरीरलाई स्वस्थ र सुन्दर राख्न व्यायाम आवश्यक छ। बिहानी हिँडाइ एक सरल, सस्तो र स्वस्थ व्यायाम हो भने योग, मन, मस्तिष्क र शरीरका लागि एक सम्पूर्ण व्यायाम हो।

सकारात्मकता : मानिसको तनमनलाई स्वस्थ र सुन्दर बनाउने अर्को महत्त्वपूर्ण तत्त्व सकारात्मकता हो। सकारात्मक विचार तथा व्यवहारले मानिसलाई स्वस्थमात्र होइन कि सुन्दर पनि बनाउँछ। त्यसैले स्वस्थ र सुन्दर हुन चाहने मानिसहरूले नकारात्मकता होइन कि सकारात्मक विचार तथा व्यवहार गर्नुपर्छ। विचारको उद्गमस्थल मस्तिष्क हो। विचारको प्रभाव पनि सबैभन्दा बढी मस्तिष्कमा नै पर्छ, अनि मस्तिष्कमार्फत सम्पूर्ण शरीरमा पर्छ। वैज्ञानिक रूपमै प्रमाणित भएको छ कि जब मानिसको मनमा विचार उत्पन्न हुन्छ, तब मस्तिष्कमा रासायनिक क्रिया तथा प्रतिक्रिया उत्पन्न हुन्छ। जसले गर्दा विचारसँग सम्बन्धित रसायन, न्युरोपेप्टाइडहरू सक्रिय हुन्छन्।

न्युरोपेप्टाइड केवल मस्तिष्कमा मात्र हुँदैन, शरीरभरि नै रहन्छ। पेट, मिर्गौला तथा कलेजोलगायतका अंगहरूमा पनि यसको उपस्थिति हुन्छ। यसै कारण विचारले मानिसको शरीरिक ढाँचा तथा रूपरंग पनि निर्धारित गर्ने गर्छ। मानिसको मस्तिष्कमा सयौं प्रकारका स्नायु रसायन हुन्छन्, तीमध्ये सेरोटोनिन, नोरएपिनेफ्रिन तथा डोपामिन, यी तीन यस्ता रसायनमा हुन जसमाथि मानिसका आनन्द, खुसी तथा प्रसनन्ता टिकेको हुन्छ। यदि यी रसायनहरूले ठीक काम गरेनन् भने मानिस खुसी र प्रसन्न रहन सक्दैन, जसले गर्दा अनिद्रा, चिन्ता तथा डिप्रेसन हुने गर्दछ। 

स्मार्ट डाइट : मस्तिष्कलाई फाइदा पु¥याउने आहार नै मस्तिष्क आहार हो। ग्लुकोज तथा अक्सिजन मस्तिष्क आहार हो। अन्न, फलफूल तथा हरियो सागपात मस्तिष्क आहार हो। मानिसको हरेक दिनको भोजन जति बढी रंगीन हुन्छ, त्यत्ति नै ब्रेनलाई फाइदा गर्छ। जस्तो कि नेपालीका लागि सेतो भात, पहेंलो रोटी, हरियो तरकारी, रातो गाँजर, सेतो मूला, हरियो काँक्रो, कलेजी प्याजको सलाद, विभिन्न रंगका फलफूलहरू आदि।

ओमेगा थ्री फ्याट्टी एसिड मस्तिष्क तथा मुटुका लागि निकै उपयोगी हुन्छ। त्यसैले उनले हरेक हप्ता कम्तीमा पनि दुई पटक माछा, खासगरी, म्याकेरल, हेरिङ, सार्डिनेज, टुना तथा सालमन सेवन गर्नु उपयुक्त हुन्छ। बदाम, जैतुनको तेल तथा आलसको तेलमा पनि प्रशस्त मात्रामा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ। यहाँ अर्को उल्लेखनीय कुरा के भने जुन आहार मुटुलाई उपयुक्त हुन्छ, त्यो आहार मस्तिष्कलाई उपयुक्त हुन्छ। स्वस्थ र दीर्घायु मस्तिष्कका लागि रक्तसञ्चार प्रणाली स्वस्थ हुनुपर्छ। 

मस्त निद्रा : मानिसको जीवनमा विश्रामको अत्यधिक महत्त्व छ। प्रत्येक दिन ६ घण्टाको गहिरो तथा निश्चिन्त निद्रा पूर्णविश्राम एउटा प्रक्रिया हो, विश्रामको एक गहन प्राकृतिक तरीका हो। निद्राले शरीरका अंगप्रत्यंगहरूलाई, मनमस्तिष्क तथा इन्द्रियहरूलाई गहन विश्राम दिन्छ, एक प्रकारले मनमस्तिष्क तथा सम्पूर्ण शरीरलाई रिचार्ज गर्छ। निद्राले शरीरलाई अनेकौं फाइदाहरू दिन्छ। शारीरिक तथा मानसिक, दुवै प्रकारको थकान हटाउँछ। मनमस्तिष्क तथा सम्पूर्ण शरीरलाई पुनर्ताजकी गर्छ। शरीरमा नयाँ शक्ति सञ्चार गर्छ। रोगप्रतिरोध शक्ति बढाउछ। शारीरिक तथा मानसिक, दुवै स्वास्थ्य ठीक राख्छ। ओजतेज तथा आयुर्बल बढाउछ। मन तथा इन्द्रियहरूलाई पनि पुर्णविश्राम दिन्छ।

पुछारमा : उपर्युक्त स्वास्थ्यवद्र्धक कुराहरूलाई मनन् गरेर हरेक दिन कुनै न कुनै शारीरिक कार्य गर्ने, दैनिक ५, ७ किलोमिटर हिँड्ने, लेखपढ गर्ने, ध्यानप्राणायाम गर्ने, गहिरो निद्रा सुत्ने, सन्तुलित पौष्टिक आहार सेवन गर्ने तथा सामाजिक कार्यमा तन, मन, धनले सक्रिय सहभागी हुनु नै स्वस्थ र सुन्दर बन्ने सरल उपाय हो। अत: यसरी मस्तिष्क मैत्रीय क्रियाकलापहरू गरेर जुनसुकै उमेरको मस्तिष्कलाई पनि स्वस्थ र सुन्दर बनाउन सकिन्छ। मस्तिष्कको विशेषता भनेको नै जति धेरै यसलाई उपयोगमा ल्याइन्छ, त्यत्ति नै मस्तिष्क स्वस्थ, मजबुत तथा अझ सुन्दर हुन्छ। मस्तिष्क स्वस्थ र सुन्दर भएको खण्डमा नै मानिसको जीवन पनि स्वस्थ र सुन्दर हुन्छ। अनि त हरेक मानिसको आँखामा वास्तविक सौन्दर्य प्रतिबिम्ब हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.