सहकारी ठगी प्रकरण

लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला अदालतमा उपस्थित

लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला अदालतमा उपस्थित

विराटनगर : प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन्। मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कोइराला बुधबार अदालतमा हाजिर भएको जानकारी दिए। उनका अनुसार कोइरालाको बयान पछि थुनछेक बहस सुरू हुनेछ।

सहकारी ठगी प्रकरणमा मुछिएपछि उनी फरार थिइन्।

मोरङको धनपालथान-४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा  नाम मुछिएपछि अदालतले पुस २ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। लगत्तै उनी फरार थिइन्।

सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ मा सहकारीबाट राजीनामा दिएकी थिइन्। सहकारी ठगीमा श्रीमतीको नाम मुछिएपछि सभापति पोखरेलको राजीनामाको समेत विषय उठेको  थियो।

केही दिनअघि बसेको प्रतिनिधिसभाअन्तरगतको सार्वजनिक लेखा समिति बैठकमा सांसदहरूले सभापति पोखरेलको राजीनमा मागेका थिए। सरकारको नेतृत्व गरिरहेका सांसदकी श्रीमती सहकारी ठगीमा मुछिएपछि स्वयं सभापति पोखरेलले पदबाट राजीनामा दिनुपर्ने सांसदहरूको माग थियो।

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.