रूसी वायु सेनाको तेल डिपोमा आक्रमण
किएभ : युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसी वायु सेनालाई सेवा प्रदान गर्ने रूसी तेल डिपोमा आफ्नो सेनाले आक्रमण गरेको बताएको छ। जनाएको क्रेमलिनले युक्रेनमाथि आक्रमण सुरु गरेको करिब तीन वर्षपछि मस्को र किएभले ऊर्जा र सैन्य केन्द्रहरूलाई लक्षित गरी सीमापार आक्रमण शृंखलाको यो पछिल्लो आक्रमण हो।
‘युक्रेनी सेनाले सारातोभ क्षेत्रमा रहेको एंगेल्सस्थित रूसी तेल डिपोमा आक्रमण गरेको छ,’ युक्रेनी जनरल स्टाफले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘यो तेल डिपोले एंगेल्स–२ सैन्य हवाई क्षेत्रलाई इन्धन प्रदान गरेको छ, जहाँ रूसी शत्रुको रणनीतिक उड्डयन रहेको छ,’ विज्ञप्तिमा भनिएको छ। रूसी अधिकारीहरूले यसअघिको वक्तव्यमा युक्रेनले मानवरहित हवाई वाहनले उक्त क्षेत्रमा आक्रमण गरेको स्वीकारेका थिए।