भूकम्पको कृत्रिम घटना अभ्यास

भूकम्पको कृत्रिम घटना अभ्यास
सुन्नुहोस्

नुवाकोट : २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा नुवाकोटको विदुरमा कृत्रिम घटना अभ्यास गरिएको छ। जिल्ला प्रशासन कार्यालयको परिसरमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको हो।

जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस सोसाइटीले युक्तरूपमा विदुरमा भूकम्प सुरक्षा र विपदपछिको उद्धार कार्यसम्बन्धी कृत्रिम घटना प्रदर्शन गरेको  । यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम नुवाकोटमा मनाइएको हो। 

९० सालको भूकम्प गए पनि २०५५ साल देखिमात्र हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। भूकम्प सुरक्षा दिवसका अवसरमा विदुरमा आयोजित कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी स्वरुप कृत्रिम घटना अभ्यास गरिएको नेपाल रेडक्रस सोसाइटिका सभापति हरि श्रेष्ठले बताए।

विपद्को बेला उद्धार कार्यमा सजिलो होस भन्ने उद्देश्यले कृत्रिम घटना अभ्यास कार्य सम्पन्न गरिएको हो।  विपद् पूर्व तयारी तथा प्रतिकार्यको तालिम पाएका दक्ष जनशक्तीले विपद्को बेलामा गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन्। 

प्रकोप जुनसुकै समयमा पनि आउने भएकाले प्रकोपका घटनाबाट क्षति कम गर्न यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र विपद्पछि पनि सहजीकरण गर्न सकिने अवस्थामा पुग्ने प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए। उनले नुवाकोटमा विभिन्न प्रकोपका घटना हुने सम्भावना रहेको र वेलैमा सचेत हुन जरुरी रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.