स्कुल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै परिवारका तीनजना गम्भीर

स्कुल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै परिवारका तीनजना गम्भीर
सुन्नुहोस्

सिरहा  : पूर्वपश्चिम हाईवेअन्तर्गत लहान नगरपालिका-१३ मा सडक दुर्घटनामा परि उदयपुरका एकै परिवारका तीनजना घाइते भएका छन् ।घाइतेहरूको लहानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि  हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

घाइते हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका-६ देउरीका ४० वर्षीय किरण थापा उनकी श्रीमति २५ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजा कुमारी थापा छन् । 

प्रहरीका अनुसार तीनैजना बा १८ प ८३२५ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ आइरहेका थिए । विपरीत दिशबाट प्र२-०१-००१प ७९ नम्बरको संकल्प विद्या आश्रमका स्कुल बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने बुझिएको छ । बसका सवारी चालक दिपेश कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा राखेका छन् ।

घाइते थापा सिरहाको मिर्चैया नगरपालिकाका स्वस्तिक पाठशाला स्कुलमा लेखापालको रुपमा काम गर्दै आइरहेका छन् । घर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.