स्याङ्जाका ९ हजार बढी किशोरीलाई ‘एचपिभी’ खोप
स्याङ्जा : स्याङ्जाका किशोरीलाई माघ २२ देखि २७ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ।
स्याङ्जाका ११ पालिकाका ९ हजार ३१९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग गरिने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको हो।
एचपिभी अभियानका लागि सरकारले पहिलो पटक खोप लगाउन लागेको हो। यहाँका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइने भएको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईंले बताए।
प्रमुख चापागाईका अनुसार कक्षा ६ देखि १० कक्षाका ९ हजार २८८ जना छात्रा र विद्यालय नजाने ३१ जना किशोरीलाई खोप लगाइने छ।
प्रतिक्रिया दिनुहोस !