नालीमा टाउको डुबेको अवस्थामा शव फेला

नालीमा टाउको डुबेको अवस्थामा शव फेला
सुन्नुहोस्

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–४ काशीजान टोलमा बुधबार बिहान एक जना पुरुष मृत फेला परेका छन्। टाउकोको भाग नालीमा डुबेको अवस्थामा शव भेटिएको हो।  
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले सुनवर्षी–४ खिर्कीडाँगीका अन्दाजी ५५ वर्षीय कात्तिकलाल सुतिहार मृत फेला परेकाो जानकारी दिए। शव फेला परेको जानकारी प्रहरीले बिहान ८:३० बजेतिर पाएको थियो।  

शव फेला परेको स्थाननजिक साइकलसमेत भेटिएको जोशीले बताए। प्रारम्भिक अनुसन्धानबाट काशीजान टोलदेखि साइकलमा खिर्कीडाँगीस्थित घरतर्फ फर्कने क्रममा मंगलबार राति घटना भएको हुन सक्ने उनको भनाइ छ। सुतिहारले गाउँघरमा मिस्त्री काम गर्दै आएका थिए। 

‘घटनाको प्रकृति हेर्दा रातको समयमा हिलाम्य सडकमा साइकल चिप्लिएर टाउको नालीमा बज्रदा डुबेर घटना भएजस्तो देखिन्छ। टाउको नालीमा बज्रिएपछि उठ्न नसकेको हो कि भन्ने हो। नालीमा करिब २–३ फिट पानी जमेको रहेछ। त्यही पानीमा टाउको डुबेको अवस्थामा शव फेला परेको हो,’ प्रहरी स्रोतले भन्यो। प्रहरीका अनुसार घटनास्थलमै लडिरहेको अवस्थामा साइकल फेला परेको हो।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ। डीएसपी जोशीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.