सरकारी कर्मचारीलाई ट्रम्पको प्रस्ताव : फेब्रुअरी ६ सम्म राजीनामा दिए ८ महिनाको अतिरिक्त तलब

वर्कफ्रम होम गर्न नपाइने

सरकारी कर्मचारीलाई ट्रम्पको प्रस्ताव : फेब्रुअरी ६ सम्म राजीनामा दिए ८ महिनाको अतिरिक्त तलब
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारमा कर्मचारीहरूको संख्या घटाउने काम सुरु गरेका छन्। ट्रम्प प्रशासनले मंगलबार संघीय कर्मचारीहरूलाई जागिर छोड्ने विकल्प प्रस्ताव गरेको छ। यसका लागि एक हप्ता अर्थात् फेब्रुअरी ६ सम्मको समय दिइएको छ।

जागिर छोडेबापत कर्मचारीहरूलाई ८ महिनाको अतिरिक्त तलब दिइनेछ। सरकारी जागिरका लागि भर्ना गर्ने कार्मिक विभागले भविष्यमा कर्मचारी कटौती गर्ने चेतावनी पनि दिएको छ।

लाखौं कर्मचारीहरूलाई पठाइएको इमेलमा उनीहरुले फेब्रुअरी ६ सम्ममा राजीनामा दिए  लगभग आठ महिनाको तलब पाउने जनाइएको छ।

अमेरिकामा ३० लाखभन्दा बढी संघीय कर्मचारी रहेको जनाइएको छ।

वर्कफ्रम होम गर्नेलाई कार्यलय बोलाइयो 

कार्मिक विभागले पठाएको इमेलमा घरबाट काम गर्ने कर्मचारीहरूलाई कार्यालय फर्कन भनिएको छ। यी कर्मचारीहरूले हप्ताको ५ दिन कार्यालयबाट काम गर्नुपर्ने अनिवार्य रहेको जनाइएको छ।

ट्रम्पले गत हप्ता संघीय कर्मचारीहरूलाई कार्यालय गएर काम गर्नुपर्ने नत्र जागिर नरहने बताएका थिए।

अमेरिकी सरकारी कर्मचारी संघका अध्यक्ष एभरेट केलीले ट्रम्पको आदेशप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। केलीले यो आदेश मार्फत ट्रम्प प्रशासनप्रति वफादार नभएका कर्मचारीहरूलाई जागिर छोड्न दबाब दिइएको जनाएकी छन्। 

उनले ट्रम्प प्रशासनले श्रम विरोधी आदेश र नीतिहरू जारी गरेको आरोप लगाइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.