सभामुखको आदेश टेरेनन्, संसद बैठक छाडेर हिँडे रास्वपाका सांसद

सभामुखको आदेश टेरेनन्, संसद बैठक छाडेर हिँडे रास्वपाका सांसद

काठमाडौं : प्रतिनिधि सभाको बैठक सभामुख देवराज घिमिरेले दिएको आदेश उलंघन गरेका छन्। प्रतिनिधिसभा बैठक सुरू हुने वित्तिकै भने प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सिटबाट उठेर अवरोध गरेपछि सभामुख घिमिरेले दलीय आधारमा बोल्न समय निर्धारण गरिएकाले सोही समयमा आफ्नो धारणा राख्न आग्रह गरेका हुन्।

रास्वपाका सांसदहरूले उठेर विरोध जनाइरहेपछि सभामुख घिमिरेले अन्तत: कार्यसूची अघि बढाउन बसेर सहयोग गर्न आदेश समेत दिए। सभामुख घिमिरेले प्रतिनिधि सभाको नियमावली ७९ बमोजिम दफा १५ को ध्यानाकर्षण गराए।

उनले 'अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ' भन्ने ध्यानाकर्षण गराए। 

यसैगरी दफा २० को (घ) को सभामुखले समय दिएपछि मात्र बोल्नु पर्ने भन्ने जानकारी गराए। त्यसपश्चात रास्वपाका सांसदले संसद बैठकमा आरोप लगाउन थालेपछि उनले पुन : दफा २१ को ख बारे जानकारी दिँदै भने, ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने।’ 

तर सभामुख घिमिरेले पटक-पटक कार्यसूची अगाडि बढाउन आग्रह गरेपनि उनीहरूले अवरोध जारी राखेपछि संसद् बैठक अगाडि बढाए। सभामुखले संसद् बैठक अगाडि बढाएपछि रास्वपाका सांसदले भने बैठक छाडेर हिँडेका छन्। उनीहरुले आफूले १५ मिनेट बैठक बहिस्कार गरेको जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.