क्यान्सरविरुद्ध सचेतना साइकल र्यालीको तयारी पूरा
५ हजार बढी सहभागी हुने, ३३ कर्पोरेट हाउसको सहकार्य
काठमाडौं : क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कसहित नेपाल क्यान्सर केयर फाउन्डेशनको सहकार्यमा हुन गइरहेको ‘राइट फर लाइफ २०२५’ सचेतना साइकल र्यालीको तयारी पूरा भएको छ । भोलि माघ २६ गते शनिबार बिहान साढे ६ बजेबाट क्यान्सरविरुद्ध सचेतना साइकल र्याली सुरू हुनेछ।
र्यालीका लागि ५ हजार जनाले रजिष्ट्रर गराएका छन् भने ३३ वटा कर्पोरेट हाउसले र्यालीलाई भव्य बनाउन सहकार्य गरेका छन् । हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर अन्नपूर्ण मिडिया नेटवर्कले सचेतना साइकल र्याली गर्दै आएको छ। यो दशौं संस्करण हो ।
‘क्यान्सरविरुद सचेतना जगाउनका लागि हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर साइकल र्याली गर्दै आएका छौं,'अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले भने, ‘हामीले यो अभियान सञ्चालन गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह भइ क्यान्सरविरुको लडाइँमा सबै एकजुट हुन आह्वान गर्दै आएका छौं।'
क्यान्सरविरुद्धको सचेतना अभियानमा वातावरणलाई समेत जोडिएको उनले बताए । ‘क्लाइमेट फ्रन्ली एक्सन फर क्यान्सर फ्रि लाइफ’ भन्ने नारा समेत जोडिएको छ । उनका अनुसार साइकल र्यालीको नवौं संस्करणसम्म २० हजार जनाले यो अभियानमा सहभागीता जनाइसकेका छन् ।
उनका अनुसार यो वर्षको क्यान्सरविरुद्धको सचेतना साइकल र्यालीमा २८ वटा कर्पोरेट हाउसले सहकार्य गरेका छन् । र्यालीको केइ नेपाल लक्ष्मी इ–मोबिलिटी प्रालि मुख्य प्रयोजक रहेको छ । पावर्डबाईमा इभी नेपाल मोटर्स, एनसेल फाउन्डेशन रहेको छ । बैंकिङ पार्टनर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड,सिद्धार्थ बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर शिखर इन्सुरेन्स, इन्टरनेट पार्टनर डिसहोम, पेमेन्ट पार्टनर इसेवा, एजुकेशन पार्टनर नामी कलेज, मेडिकल पार्टनर उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाईड साइन्सेस, सपोर्टेडबाई हार्द्धिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर, क्वेस्ट फार्मास्युटिकल्स् प्रालि, एसियन पेन्टस्, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक लिमिटेड,क्रन्च वेफर कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि पोखरा,क्रियटिभ अब्रोड स्टडिज प्रालि, प्याब्सन नेपाल, प्यांक बाइक, क्वालिटी दरबार बैंक्यूट रेष्टुरेन्ट होटल, एमआईटी कलेज, नेपाल जेसीज, अन्नपूर्ण भेन्चर, सिम्रिक एयर, पलसोनिक, हाइड्रेशन पार्टनर माटो नेपाल, बेभरेज पार्टनर फ्रुट एग्रो, रिक्रियसन पार्टनर दूषित थानी हिमालय रिसोर्ट धुलिखेल नेपाल, दूषित प्रिन्सेस काठमाडौं रहेका छन् । त्यसगैरी टेक्निकल सपोर्टमा नेपाल साकलिङ एसोसियसन,नेपाल साइकल सोसाइटी,साइकल सिटी नेटवर्क नेपाल रहेका छन् ।
‘कर्पोरेट हाउसहरूसँग सहकार्य गरेर अगाडि बढ्ने क्रममा विज्ञापनदाताहरूलाई दिने माइलेज अन्यभन्दा फरक र आकर्षक हुनेछ,'महाप्रबन्धक बस्नेतले भने ।
साइकल र्यालीका मुख्य आकर्षण
– ‘क्लाइमेट फ्रन्ली एक्सन फर क्यान्सर फ्रि लाइफ’ डेक्स । जसलाई नेतृत्व गर्नेछन् मिस नेपाल २०२३ की विजेता सृच्छा प्रधान,बीबीसी सय प्रभावशाली महिलाभित्र पर्न सफल शिलशिला आचार्य ।
– र्यालीमा नेपालका विशेषज्ञ चिकित्सकहरूसहित अमेरिकाको ओएकमेड अस्पतालमा कार्यरत डा.मनिषा घिमिरे र भारतको मेदान्त अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा.नारायण अधिकारीसहित सहभागी हुनेछन्।
– र्यालीमा सहभागी सबैलाई ज्याकेट,ब्रेकफास्टको व्यवस्था गरिएको छ ।
– AMN-USA डेक्स । अमेरिकाबाट सञ्चालित युटुव च्यानल AMN-USA सस्क्राइब गरी भिडियो बनाइ पोस्ट् गर्नेलाई उत्कृष्ट भीडीयो अवार्डबाट पुरस्कृत गरिनेछ । प्रथम पुरस्कार १ हजार डलर, दोस्रो ५ सय डलर र तेस्रो पुरस्कार २५० डलर रहेको छ ।
– र्यालीमा सहभागीहरूका लागि लक्की ड्रमार्फत् उपहारैउपहार रहेको छ । पुरस्कारहरूमा प्याक साइकल १ जनालाई, दूषित थानी हिमालयन रिर्सोटमा एक जोडीलाई वान नाइट स्टे, दूषित प्रिन्सेस काठमाडौंमा एक जोडीलाई वान नाइट स्टे साथै अर्को एक जोडीलाई डिनर प्याकेज ,ट्रान्कुलिटी स्पा सोल्टी होटल हेल्थ क्लबमा १ जनालाई २ लाख ५० हजार रुपैयाँको वार्षिक सदस्यता, ३२ इन्चको प्यानासोनिक टीभी, डिसहोमबाट ३ जनालाई फ्रोर के इस्ट्रीमर डिभाइसलगायत रहेका छन् ।
– र्यालीको एपिवान टीभी,अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट् डट कम, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अन्नपूर्ण पोस्ट्को फेसबुक पेज र अमेरिकाबाट सञ्चालित युट्युव AMN-USA बाट प्रत्यक्ष प्रशारण हुनेछ।
प्रतिक्रिया दिनुहोस !