गाउँ ब्लक जग्गाको समस्या समाधानको माग गर्दै मसाल जुलुस

गाउँ ब्लक जग्गाको समस्या समाधानको माग गर्दै मसाल जुलुस

सिरहा : सिरहाको लहानमा आइतबार साँझ गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न माग गर्दै स्थानीयहरूले मसाल जुलुस निकालेका छन्। सयौँको सहभागीमा दुर्गा मन्दिरबाट निकालिएको मसाल जुलुस मालपोत कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो।

उनीहरूले गाउँ ब्लक जग्गाको नापी, लालपूर्जा वितरण र अद्यावधिक गर्न माग गरेका छन्। संघर्ष समितिका संयोजक अरुण केसीका अनुसार लहानका २४ वटै वडामा यो समस्या छ। समस्याले गर्दा हजारौं नगरवासीहरू ५० वर्षभन्दा पहिलेदेखि पीडामा परेको उनको भनाइ छ।

‘यहाँ वर्षौंदेखि बसोबास गरेका स्थानीयहरूको केही जग्गा गाउँ ब्लकमा छ। जसमा घरहरू छ। केहीलाई निस्सा वितरण गरिएको छ। लालपुर्जा पनि दिएको छ तर, अध्यावधिक नहुँदा किनबेच र बैंकमा राखेर आफ्नो काम गर्न पाइएको छैन,’ संयोजक केसीले भने,‘सबै समस्या समाधान नभएसम्म हामी आन्दोलन रोक्दैनौँ। करिब ७ हजार बढीको जग्गा पनि नापी नभएको उनले सुनाए।

मालपोत र नापी कार्यालयको ढिलासुस्तीले गर्दा अहिले सम्म यो समाधान हुन नसकेको कांग्रेस लहान नगर सभापति संजय यादवको भनाइ छ। हामी सबै पार्टीका राजनीति दलले जनताको जग्गाको समस्या समाधानका लागि आन्दोलनलाई समर्थन गरेको उनले बताए।

‘गाउँ ब्लक जग्गा फुकुवा नहुँदा नगरवासीमा समस्या छ। हामीले पटक पटक पहल गर्दा पनि द्रुत गतिमा काम नभएका कारण समाधान हुन सकेको छैन,‘लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीले भने,‘नगरबाट हुने सबै कामका लागि सहयोग गर्न तयार छौँ। मालपोत र नापी कार्यालयले यसमा ध्यान पुगाउनुपर्छ।’ यो समस्या समाधान गर्न सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.