मकवानपुरमा ग्यास बुलेट दुर्घटना

मकवानपुरमा ग्यास बुलेट दुर्घटना
तस्बिर : जिल्ला प्रहरी कार्यालय मकवानपुर

हेटौंडा : मकवानपुरमा ग्यास बुलेट दुर्घटना भएको छ । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गतको भीमफेदी गाउँपालिका वडा नम्बर १ त्रिखण्डी मन्दिर नजिकै बुलेट गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

दुर्घटनाका कारण सो सडकखण्ड एकतर्फी मात्रै सञ्चालनमा रहेको समेत प्रहरीले जनाएको छ । 

आइतबार राति करिब ९ बजेतिर हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको भारतीय बुलेट गाडी दुर्घटना भएको हो ।  ग्यास बुलेट पल्टिएको सडकको भित्ताको साइडबाट ट्रयाक खोलेर हाललाई अस्थायी रूपमा साना सवारीसाधनलाई एकतर्फी बाटो खोलिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताए । 

ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने नभएको उनको भनाइ छ । अर्यालका अनुसार ग्यास बुलेटका चालक र सहचालक दुवैजना सकुशल छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.