सोरुम फुटाएर कार चोरी, एकजना पक्राउ

सोरुम फुटाएर कार चोरी, एकजना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरमा सोरुम फुटाएर नयाँ कार चोरी गरिएको छ। यद्यपि, चोरी गरिएको कार प्रहरीले फेला पारिसकेको छ। चोरीमा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन्। 

मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको पूजा इन्टरनेशनल नेपालले सञ्चालन गरेको फोक्स बगान कम्पनीको सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको अनटेस्ट कार चोरी भएको जानकारी दिए। घटनाका बारेमा प्रहरीले शुक्रबार बिहान ९ बजेतिर जानकारी पाएको थियो। 

घटनाको जानकारी पाउनसाथ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। बिहानका राति करिब २ बजेतिर मुख्य गेट खोलेर भित्र छिरेका व्यक्तिले सोरुमको सिसा भएको ढोका फोडेर टाइगुन कार चोरी गरी लगेको सीसी क्यामेरा फुजेटमा देखिने इन्स्पेक्टर ओलीले बताए। 

उक्त कारको मूल्य ८० लाखभन्दा बढी पर्ने जानकारी सोरुमले प्रहरीलाई दिएको छ। सोरुमबाट चोरी भएको रातो रंगको कार प्रहरीले फेला सुनसरीको इनरुवाबाट फेला पारेको छ। कार चोरीमा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई सुनसरीको इनरुवाबाट गाडीसहित पक्राउ गरिएको हो। पेट्रोल सकिएपछि बिनले कार अघि बढाउन सकेका थिएनन्। 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिनले सोरुमको सिसा फुटाउन सानो कंक्रिटको ब्लक प्रयोग गरेको प्रहरीको भनाइ छ। सोरुमभित्र एउटा मात्रै गाडी रहेको र अन्य सामान नहराएको प्रहरीले जनाएको छ। गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण चोरेर लैजानलाई सजिलो भएको पाइएको इन्स्पेक्टर ओलीले बताए। सोरुममा रहेको सीसी क्यामेराको फुटेजबाट अनुसन्धान सुरु गरिएसँगै चोरीमा संलग्नलाई पक्राउ गरेर कारसमेत फेला पारिएको उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.