राष्ट्रपति रनिङ शिल्डको उपाधि चिल्ड्रेन लाइफलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि चिल्ड्रेन लाइफलाई

बागलुङ : बागलुङ नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले जितेको छ।

बिहीबार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण पदक सहित ५७ पदक जित्दै चिल्ड्रेन लाइफले उपाधि चुमेको हो। चिल्ड्रेन लाइफले २३ रजत र १९ कास्य पदक जित्यो। ११ स्वर्ण, ६ रजत र ११ कास्य पदक जितेको अमर आदर्श आवासीय माध्यमिक विद्यालय दोस्रो भएको छ। अमर आदर्श साविक विजेता समेत हो। यस्तै १० स्वर्ण, १ रजत र ३ कास्य पदक जितेको गणेश माध्यमिक विद्यालय तेस्रो भएको छ।

प्रतियोगितामा सबैभन्दा आकर्षक मानिने भलिबल तर्फ छात्र भलिबलमा विद्यामन्दिर माध्यमिक विद्यालयले स्वर्ण पदक जित्यो। फाइनल खेलमा विद्यामन्दिरले धवलागिरि विरेन्द्र माध्यमिक विद्यालयलाई २५–११, २५–२०, १९–२५ र १५–११ को सेटमा पराजित गरेको हो। 

यस्तै चिल्ड्रेन लाइफले सिगाना माविलाई २५–२० र २५–२३ को सेटमा पराजित गर्दै कास्य पदक जित्यो। छात्रा तर्फको भलिबलमा धवलागिरि विरेन्द्र माविले स्वर्ण पदक जितेको छ। कबड्डी प्रतियोगितामा छात्र र छात्रा दुवैमा कालिका कन्या माध्यमिक विद्यालयले स्वर्ण पदक प्राप्त गरेको छ।

कुल ५६ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत ५३ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। नगरपालिका स्तरीय प्रतियोगिताको विभिन्न खेलमा सहभागी विद्यार्थीबाट उत्कृष्ट खेलाडी छनोट गरेर जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.