अध्यादेश पारित गर्न बहुमत पुग्छ : भट्टराई

अध्यादेश पारित गर्न बहुमत पुग्छ : भट्टराई
सुन्नुहोस्

सुर्खेत : नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले अध्यादेश पारित गर्ने दाबी गरेका छन्। बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारसँग स्पष्ट बहुमत रहेकाले जसरी पनि अध्यादेश पारित हुने बताएका हुन्।

राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउनका लागि सरकारले आवश्यक पर्ने सांसदको संख्या पुर्‍याइसकेको दाबी गरे। सरकारले उपेन्द्र यादव नेतृत्वको दललाई मनाउने प्रयास गरिरहेको सचिव भट्टराईले बताए। उनले भने,'सहमतिमा नै अध्यादेश पारित हुन्छ, भूमि सम्बन्धी अध्यादेशमा उपेन्द्र यादवलाई मनाउने प्रयास भइरहेको छ। यदि सहमति नजुटे पनि हामी पारित गरेरै छाड्छौं, राष्ट्रिय सभामा बहुमतका लागि संख्या पुर्‍याउने उपाय सरकारसँग छ।'

उनले वर्तमान सत्ता समीकरण २०८४ सम्म जाने भन्दै सरकारले जनमुखी काम गरिरहेको दाबी गरे। आगामी निर्वाचनमा गठबन्धन नगरी लड्ने भन्दै उनले एमालेले नै बहुमत ल्याउने दाबी गरे। २०८४ मा एमाले र कांग्रेस नै मुख्य शक्ति हुने उनको भनाई छ।

सरकारले कर्णालीको विकासलाई प्राथमिकता दिने उनले बताए। आगामी बजेटमा सरकारले कर्णाली र भेरी करिडोरको विकासलाई प्राथमिकता दिने उनको भनाइ छ। सुर्खेत विमानस्थल विस्तारमा पनि सरकारले बजेट विनियोजन गर्ने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.