रसुवामा हिमपात

रसुवामा हिमपात
गतलाङ गाउँपाथिको सामुदायिक वन क्षेत्रमा हिउँ खेल्दै आन्तरिक पर्यटक। तस्बिर : हेमनाथ खतिवडा
सुन्नुहोस्

रसुवा : गत भदौदेखि पानी नपरेको रसुवाको उच्च हिमाली क्षेत्रमा हल्का वर्षात् तथा हिमपात भएको छ। हिमपातले खेतीपाती सप्रने आशाले किसान खुसी भएका छन्। 

रसुवाको पाँचवटै गाउँपालिका हिमाली भेग जोडिएको छ। उत्तरगयाँको तिरु, गोगने, करुमर्‍याङसम्म हिउँपर्ने क्षेत्र हो। कालिका गाउँपालिकाको राम्चे, गुराँसे, स्याउबारी, लोकिल, गोम्बोडाडासम्म हिउँ पर्ने ठाउँ हो। यसपटक लामो समय पानी र हिउँ परेन। फागुन लागेपछि हिउँ र पानी परेपछि आन्तरिक पर्यटक पनि हिउँ खेल्न आउने क्रम बढेको छ। 'ढिलो भए पनि हिउँ र पानी पर्‍यो,' स्थानीय चिदोङ तामाङ भन्छन्, 'हिउँ परेर रमाइलो भयो।'

गोसाइकुण्ड गाउँपालिकाको ठूलोस्याफ्रुका, ब्राबल क्षेत्रमा पनि हल्का हिमपात भएपछि स्थानीय खुसी भएका हुन्। उच्च क्षेत्रमा मात्र हिउँ परेको ठूलोस्याफ्रुका युवा सुब्बा तामाङले ठूलोस्यफ्रु, ब्राबल, चन्दवारी, दिम्सा, चोलाङपाटी र गोसाइकुण्ड पदमार्गमा हल्का हिमपात भएको हो। हिमपात भएपछि अन्नबाली उत्पादन हुने भएकाले स्थानीय खुसी भएका हुन्। 

पर्यटकीय क्षेत्र गोसाइकुण्डमा हिमपात सुरु भएपछि व्यवसायी पनि खुसी भएको स्थानीय सुब्बा तामाङले बताए। 'पुस माघमा पहिले त साताभरी हिउँपर्थ्यो,' उनले भने, 'फागुनमा भने पनि हल्का हिउँ परेको छ। यसले कृषिमा केही भने पनि राहत मिल्छ।’ 

उता आमाछोदिङमो गाउँपालिकाको लेकमा उच्च भेगमा हिमपात भएको छ। बस्तीभन्दा माथितिर हिमपात भयो तलतिर गाउँबस्तीमा नपरेको स्थानीय निमा तामाङले बताए। हिउँ परेपछि नाइट्रोजनको मात्रा बढ्ने हुँदा बोट बिरुवा तथा बालीमा फाइदा पुग्ने भएकाले कृषक खुसी भएका हुन्। यसले हाल किसानहरूले लगाएको गहुँ, फापर, जौ, करूलगायत विभिन्न किसीमको जडिबुटीलाई प्रत्यक्ष फाइदा पुग्छ। बोटविरूवा तथा जडिबुटीलाई समेत हिमपातले उर्वरा शक्ति दिने र बाली र बोट विरुवालाई फाइदा हुने किसान जिम्बा लामाले बताए। उनले भने 'हल्का हिमपात भो पर्याप्त हिउँ परेन। 

लेकमा हिमपात भएपछि पहिले गाउँसम्म आउने हिउँ पर्ने आशा गरे पनि एकै छिनमा रोकियो।' पहिले गाउँ र गोठ समेत हिउँले छोपेको ताजा याद रहेको यार्साका स्थानीय विकास तामाङले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.