फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

विराटनगर : ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विवादले निषेधाज्ञा जारी गर्नुपर्ने सम्मको अवस्था सृजना भएको छ। 

केबलकार निर्माण विरोधी समूहले आन्दोलन चर्काएसँगै स्थानीय प्रशासनले सदरमुकाम फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको शनिबार राति बसेको आकस्मिक बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा आज (आइतबार) बिहान ५ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बजार क्षेत्रमा प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडपले प्रतिकूल स्थिति सिर्जना भएर शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थिति देखिएपछि निषेधाज्ञा जारी गर्नु परेको हो। प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ । 

‘नो केबलकार’ समूहले शनिबार साँझ फुङलिङको वीरेन्द्र चोकमा मसाल जुलुस निकालेर आगोसहितको राँको सर्वसाधारणको घरमा फ्याँक्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो। झडपमा ६ जना सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएको प्रजिअ शर्माले बताए। 

केबलकार विवादलाई नै लिएर बिहीबार पनि झडप भएको थियो। ‘नो केबलकार’ पक्षधरले शनिबार साँझ पदयात्राका क्रममा राकेँ जुलुससहित वीरेन्द्र चोकमा कोणसभा गर्न खोजेका थिए। प्रहरीले उनीहरुले बोकेको आगो नियन्त्रणमा लिन खोजेको थियो। 
त्यस क्रममा प्रदर्शनकारीले प्रहरी र सर्वसाधारणको घरलाई लक्षित गर्दै आगो फालेका थिए। आगो स्थानीयको घरको छतसम्म पुगेको थियो। घरमा पुगेको आगो घरधनीले निभाएको प्रहरीले बताएकोछ।

प्रदर्शनकारीले घरमा आगो फालेपछि अवस्था तनावपूर्ण बनेको थियो। प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार आगो फाल्ने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ताप्लेजुङको पाथीभरा क्षेत्रमा व्यवसायी चन्द्र ढकालको समूहले केबलकार निर्माण सुरु गरेपछि केबलकारले पहिचान मासिने भन्दै पहिचान पक्षधरले केबलकारको विरोधमा प्रदर्शन गरिरहेको छ। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.