लाइसेन्सको परीक्षा दिने नक्कली परीक्षार्थी र परीक्षा दिन लगाउने व्यक्ति पक्राउ
कञ्चनपुर : महेन्द्रनगर–कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने व्यक्ति समेत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट -५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिएका छन्।
जोशीका अनुसार परीक्षा दिन लगाउने सुवास डगौरा र प्रयोगात्मक परीक्षामा अरुको नाममा फर्जी हाजिर लगाइ परीक्षा दिने भीमदत्त नगरपालिका–६ का अमरसिंह धामी पनि पक्राउ परेका छन्।
उनीहरूले अरु दुईजनाको हाजिर गरी परीक्षा दिएकाले पक्राउ गरिएको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टले बताए।
पक्राउ परेका दुबैजनाले फर्जी हाजिरी गरी परीक्षामा सहभागी भएको खुलेको कार्यालय प्रमुख भट्टले बताए। कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको प्रमुख भट्टले जानकारी दिए ।
पक्राउ परेकाहरूको बारेमा थप अनुसन्धान भइरहेको छ
प्रतिक्रिया दिनुहोस !