दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको बूढीगंगामा बुधबार बिहानका राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

बूढीगंगा गाउँपालिका–५ हात्तीमुडास्थित भित्री सडक खण्डमा सीटी सफारीर मोटरसाइकल एकआपसमा ठोक्किएर बिहान २:३० बजेतिर दुर्घटना भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । उनका अनुसार हात्तीमुडाबाट पोठियातिर जाँदै गरेको प्रदेश १–०२–००३ ह ५०१७ नम्बरको सफारी र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प ६८७२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक बूढीगंगा–५ का २८ वर्षीय फिरोजकुमार सिक्दारको मृत्यु भएको जानकारी लम्सालले दिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा ३:३० बजेतिर मृत्यु भएको हो ।

इन्स्पेक्टर लम्सालका अनुसार दुर्घटनामा परेर सफारी चालक सुनसरीको दुहबी नगरपालिका–११ का ४० वर्षीय निखिल चौधरी र सफारीमा सवार रहेकी दुहबी–११ की ४० वर्षीया शिलादेवी चौधरी घाइते भएका छन् । सामान्य अवस्थाका दुवै जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.