८४ को निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड

८४ को निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड
तस्बिर : अन्नपूर्ण

विराटनगर : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियानलाई देशव्यापी बनाउने बताएका छन् । त्यसका लागि पार्टीले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान सञ्चालन गरेको उनको भनाइ छ । भ्रष्टाचार विरोधी र सुशासनको कुरालाई जनताबीचमा लगेर आर्थिक विकास एवं समृद्धिका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य अभियानको रहेको दाबी प्रचण्डको छ । 

हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानका क्रममा विराटनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको सरकार भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले बताएको आरोप लगाए । आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरूलाई संरक्षण गर्न कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको उनको दाबी छ । 

‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचार विरोधी अभियान सुरु गरेबापत,भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेबापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो’,प्रचण्डले भने ।

आफ्नो सरकारले सुरू गरेको भ्रष्टाचार विरोधी र सुशासनको अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरिएको उनको जिकिर छ । त्यसबाहेक अभियानको अर्को उद्देश्य दक्षिण भेगमा रहेका आदिवासी जनताति,मधेशी,थारुको मुद्दा स्थापित गर्नु र राष्ट्रिय एकता सुदृढ गर्नु नै रहेको प्रचण्डले बताए । 

पार्टीले जनताका समस्या बुझ्नलाई सुरू गरेको अभियानबाट आफू उत्साहित रहेको उनको भनाइ छ । अभियानले सिंगो पार्टी र जनतामा उत्साह छाएको दाबी प्रचण्डको भनाइ छ । भाषण गर्ने र हिँड्नेभन्दा पनि किसान,मजदुर,बुद्धिजीवी,तराई मधेका नागरिक समुदाय र आमजनतासँग सम्बन्ध सुदृढीकरण गर्न अभियान चलाइएको उनको स्पष्टोक्ति छ । 

कांग्रेस र एमालेसँग गठबन्धन गर्दा पार्टी कमजोर भएको प्रचण्डले बताए । ‘गठबन्धन तथा सरकारको सम्झौतामा केन्द्रित हुँदा पार्टी कमजोर भयो,’उनले भने,‘अब माओवादी जुरुक्कै उठ्ने वातावरण बनेको छ ।’विगतमा गठबन्धन गर्दा कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको दाबी गर्दै प्रचण्डले अब माओवादी एक्लै अगाडि बढ्ने संकल्प गरेको बताए । अबको चुनावमा कांग्रेस र एमालेसँग गठबन्धन नहुने उनको भनाइ छ । गठबन्धन नगरिकन माओवादी अगाडि जानसक्छ भन्ने संकेत उपनिर्वाचनले गरेको दाबी प्रचण्डको छ । 

उनले अबको निर्वाचनबाट पार्टी पहिलो बन्ने दाबीसमेत गरे । कांग्रेस र एमालेले सत्ताका लागि मात्रै संविधान संशोधनको कुरा उठाएको उनको आरोप छ । जनताले प्राप्त गरेको अधिकार खोस्न दुवै दलले चाहेको आरोपसमेत प्रचण्डले लगाए । 

पूर्वराजाले बोलेको कुरामा खासै प्रतिक्रिया दिन आवश्यक नरहेको उनको टिप्पणी छ । अब राजतन्त्र नेपालमा कुनै अवस्थामा फर्कन नसक्ने दाबी प्रचण्डले गरे । पार्टीमा कुनै विवाद नरहेको र एकताबद्ध भएर अभियानमा सिंगो टिम अगाडि बढेको उनको भनाइ छ । 

माओवादीले सरकारमा जानलाई ध्यान नदिएको उनले बताए । प्रचण्डले भ्रष्टाचार,कुशासन,कमिसन र बिचौलियाको संरक्षणमा मात्र केन्द्रित रहेको सरकार आफ्नै बोझले थिचिएका कारण कुनै पनि बेला भासिनसक्ने चिन्ता रहेको उल्लेख गरे । 

माओवादीले सञ्चालन गरेको तराई–मधेश जागरण अभियानको बुधबार तेस्रो दिन हो । झापाबाट सोमबार सुरू भएको अभियानको दोस्रो दिन माओवादीले मोरङका तीन ठाउँमा खबरदारी एवं जनसभा गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.