अभिनयका पुजारी

अभिनयका पुजारी

दिवाकर भण्डारीले बालविवाह, बहुविवाह नाटकलगायत विभिन्न सडक नाटक लेखेका छन्। क्षयरोगविरुद्ध सडक नाटक, ‘दाइजो’ शीर्षकको नाटक लेख्नुका साथै अभिनय गरे। ‘दाइजो’ निकै रुचाइयो।

‘सापटी काका’ नामले पछिल्लो समय लोकप्रिय हास्य कलाकार लेखक तथा निर्देशक दिवाकर भण्डारीको बालपन दुःखमा बित्यो। ४ कक्षामा पढ्दै गर्दा बुवाको मृत्युपछि उनको जीवन दुःखले छोप्यो। भाइबहिनीहरूको जिम्मेवारी पनि उनकै काँधमा आयो।

कास्की ढिकुरपोखरीको लेवाडेमा जन्मिएका भण्डारी पैतृक सम्पत्ति खेतबारी भए पनि आम्दानीको स्रोत प्रशस्त नहुँदा बालापन दुःखमा बितेको सम्झन्छन्। पढ्दापढ्दै बीचैमा अध्ययन छाडेर घर व्यवहारमा ध्यान दिनु पर्‍यो। बाल उमेरदेखि नै संघर्षमा हुँकेका भण्डारीलाई कला क्षेत्रमा आकर्षण बढ्यो। कक्षा ८ पढ्दा नाटक खेल्थे। फिल्ममा हिरोले गर्ने दृश्यको नक्कल गर्ने गर्थे। नाच्न त्यति नजाने पनि उनी नाटक भनेपछि हुरुक्कै हुन्थे। त्यतिबेलै उनमा नजानिँदो तवरले कलाको रस बसेको उनले सुनाए।

२०५२ सालतिर एसएलसी दिएर बसेको बेला मनीष श्रेष्ठ निर्देशित टेलिफिल्म ‘धुन’को सुटिङ युनिट पोखरा आएको थियो। उनका दाइका छोराले सुटिङ युनिटको गाडी चलाउँथे। उनीसँग त्यही गाडीमा पोखरा आउँजाउँ गर्दाको परिचयले उनले सिनेमामा सानो भूमिकामा अभिनय गर्ने अवसर पाए। तर आफूले अभिनय गरेको टेलिफिल्म हेर्न भने पाएनन्। घरमा टेलिभिजन थिएन। साथीसंगीले राम्रो अभिनय गरेको भनेर प्रशंसा गरेपछि 

अभिनयमा लाग्ने प्रेरणा मिल्यो।

टेलिफिल्म खेलेबापत एक सय रुपैयाँ पाउँदा उनी निकै खुसी भए। टेलिफिल्म खेलेर पाएको रकममध्ये ८५ रुपैयाँमा आमालाई साडी किने। आमा खुसी। उनी पनि खुसी। २०५२ सालतिर भण्डारी दोहोरीगीत गाउन विभिन्न प्रतियोगितामा सहभागी हुन दौडधुपमा व्यस्त हुन्थे। उनको लोकदोहोरीमा आकर्षण बढ्यो। लोकदोहोरीका ८ एल्बम निकाले।

कलामा रस पसे पनि घरको अवस्था सम्पन्न थिएन। घर बनाउँदा लागेको ऋण तिर्न उनले दुबईको उडान भरे। खाडीमा चुहाएको पसिनाले घर बनाएको ऋण तिरे। भाइबहिनीलाई पढाउन पनि दुबईले साथ दियो। बचेको पैसाले पोखराको पर्यटकीय केन्द्र फेवाकिनार बैदाममा एक टुक्रा घडेरी किनेर घर बनाए।

उनमा लेखन, अभिनय, संगीतमा लगावउस्तै थियो। साउदीबाट छुट्टीमा आउँदा राजु परियार, बिमाकुमारी दुरालाई लिएर ‘एउटै मिल्यो हजारौं हजारमा’ लोकदोहोरीको एल्बम निकाले। साउदीमै हुँदा पनि सांस्कृतिक कार्यक्रममा सक्रिय रहन्थे। अभिनय गरेर हँसाउँथे। यसै क्रममा उनी विभिन्न पत्रिकामा लेखरचना दिन्थे। पत्रिकामा लेख रचना प्रकाशित हुँदा खुसी हुन्थे। यसै क्रममा उनले नाटक मात्र होइन फिल्मको स्क्रिप्ट पनि लेख्ने थाले। फिल्म ‘प्रेमप्रसाद’ को स्क्रिप्ट पूरा गरिसकेको बताउने उनले अर्को फिल्मको लागि स्क्रिप्ट लेख्दै गरेको सुनाए। उनले ‘ल ठीक छ’ नामक फिल्मका लागि कथा लेखिरहेको पनि बताए।

भण्डारीले बालविवाह, बहुविवाह नाटकलगायत विभिन्न सडक नाटक लेखेका छन्। क्षयरोगविरुद्ध सडक नाटक, ‘दाइजो’ शीर्षकको नाटक लेख्नुका साथै अभिनय गरे। ‘दाइजो’ निकै रुचाइयो। आफैंले लेखेका सडक नाटक १ सय ५० जति भएको उनले सुनाए। उनले करिब १४ फिल्म, ६ सिरियल खेलेका छन्। उनले ‘राज’, ‘कन्यादान’, ‘चिनो’, ‘नाइँ नभन्नु ल २’, ‘किडन्याप’, ‘छेस्को’, ‘नबोले नि हाँसिदेऊ एक फेर’, ‘मेरी मुमा’, ‘किट्न्याभ’, ‘टु आवर इन् अफ माई लाइफ’लगायत फिल्ममा विभिन्न भूूमिकामा अभिनय गरेको सुनाए।

वर्षअघि ‘ल खत्ताम’ निर्देशन गर्दैगर्दा उनी नेपाल टेलिभिजनबाट प्रसारित हास्य सिरियल ‘मेरी बास्सै’मा बुमम्यानबाट प्रवेश गरे। 

रे। 

८ वर्षअघि ‘ल खत्तम’ निर्देशन गर्दैगर्दा उनी नेपाल टेलिभिजनबाट प्रसारित हास्य सिरियल ‘मेरी बास्सै’ मा बुमम्यानबाट प्रवेश गरे। पछिल्लो समय निर्देशनको जिम्मेवारी पाएका उनले लामो समयसम्म ‘मेरी बास्सै’ निर्देशन गरे। तीमध्ये दुई सय वटा भागको त स्क्रिप्ट पनि उनैले 
लेखेको उनले सुनाए।

‘सापटी काका’ पात्र उनलाई दर्शकले खुबै रुचाए। सापटी काकाबाटै जनस्तरमा चिनिए। ‘मेरी बास्सै’ मा जोडिनुमा उनले राजु पौडेल (राजु मास्टर) को प्रेरणा मान्छन्। ‘मेरी बास्सै’ त्यहीं हाँस्य सिरियल हो, जसले सीताराम कट्टेल (धुर्मुस), केदार घिमिरे (माग्ने बुढा)लगायतलाई चर्चित बनायो। पोखरामा छँदा उनले हाँस्य जोडी राजेन्द्र र युवराजसँग मिलेर ‘गडबडी’ निर्माण गरेका थिए।

जेहेन्दार, अनार्थ बालबालिकाको अभिभावक : कला, अभिनयका पुजारी दिवाकर अनार्थका अभिभावकको भूमिकामा पनि छन्। कलाकार, लेखेक, निर्देशक भण्डारी आफूले बालपनमै बुवा गुमाएर पाएको दुःख अभाव भुल्न अनार्थ जेहेन्दार तथा गरिब बालबालिकालाई छात्रवृत्ति दिएर पढाउँदै आएका छन्। उनले ६ वर्षदेखि अनाथ, जेहेन्दार तथा गरिबका गरी पाँच जना बालबालिकालाई पढाउँदै आएका छन्। जसमा लत्ताकपडा, स्कुल फि तथा स्टेसनरी गर्दा बर्सेनि डेढ लाख जति खर्च गर्छन्।

त्यसो उनका आफ्नै २ सन्तान छन्। सन्तानलाई झैं माया गर्छन्। उनी भन्छन् म ७ छोराछोरीका बाबु हुँ भन्दा गर्व लाग्छ। माछापुच्छे मावि अन्नपूर्णमा उनले आकाश विक, सन्ध्या भण्डारी, सन्दीप अधिकारीलाई पढाउँदै आएका छन् भने अन्नपूर्ण—१ सिर्जना माविमा सिद्धार्थ अधिकारीलाई पढाउँदै आएका छन्। आफूले साना छँदा दुःख पाएकोले पढाइमा अभिभावकको भूमिका निभाउन पाएकोमा सन्तुष्ट रहेको उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.