वडा सदस्यले मापसे गरेर चलाएको स्कुटर ट्रकमा ठोक्कियो, १ जनाको मृत्यु

वडा सदस्यले मापसे गरेर चलाएको स्कुटर ट्रकमा ठोक्कियो, १ जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : विराटनगरमा वडा सदस्यले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

विराटनगर महानगरपालिका–७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा यही फागुन ११ गते राति ९:२० बजेतिर ठोक्किएको थियो । अनुसन्धानबाट लामिछानेले मापसे (मादक पदार्थ सेवन) गरेर स्कुटर चलाएको पत्ता लागेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगर–७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३–००१ ख १७१२ नम्बरको ट्रकमा स्कुटर ठोक्किएर दुर्घटना भएको हो । होटखोलाबाट शनिहाटतर्फ आउँदै गरेको स्कुटर ट्रकको पछाडिबाट ठोक्किएर दुर्घटना हुँदा वडा सदस्य लामिछाने र स्कुटरको पछाडि सवार विराटनगर–७ का ५० वर्षीय किरण तिवारी घाइते भएका थिए । 

घाइते दुवै जनालाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । तिवारीको उपचारकै क्रममा आइतवार बिहान ६:३५ बजेतिर मृत्यु भएको डीएसपी जोशीले बताए ।  स्कुटर चालक लामिछानेको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । 

स्वास्थ्य परीक्षणका क्रममा उनले मापसे गरेर स्कुटर चलाएको यकिन भएको प्रहरीको भनाइ छ ।  मापसे गरेर सवारीसाधन चलाउन पाइँदैन । प्रहरीका अनुसार स्कुटर, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.