कर्णालीबाट ३८ हजार विद्यार्थीले एसईई दिँदै

कर्णालीबाट ३८ हजार विद्यार्थीले एसईई दिँदै
सुन्नुहोस्

वीरेन्द्रनगर : आगामी चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कर्णाली प्रदेशबाट करिब ३८ हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन्। 

प्रदेश शिक्षा निर्देशनालय सुर्खेतले आइतबार आयोजना गरेको परीक्षा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिएको हो। 

कार्यक्रममा प्रदेश शिक्षा विकास निर्देशनालयकी निर्देशक दीपा हमालले कर्णाली एसईई परीक्षाका लागि उत्तरपुस्तिकाहरू समेत जिल्ला जिल्लामा पुगिसकेको बताइन्। 

कर्णालीका १० वटै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरू सहितको गोष्ठीमा उनले व्यवस्थित र मर्यादित एसईई परीक्षा सञ्चालन गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिबीच समन्वय भइरहेको बताइन्। 

उनका अनुसार कर्णालीमा यस वर्ष जम्मा ३७ हजार ९ सय ११ जना विद्यार्थी सहभागी हुँदैछन्। जसका लागि कर्णालीमा १ सय ८० परीक्षा केन्द्र छनोट भई सबै केन्द्रमा उत्तरपुस्तिकाहरू पुगाउने काम भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.