सप्तरीमा बाघको आक्रमणबाट तीनजना घाइते

सप्तरीमा बाघको आक्रमणबाट तीनजना घाइते
फाइल तस्बिर।
सुन्नुहोस्

राजविराज : सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकास्थित फत्तेपुर बजार क्षेत्रमा सोमबार बाघको आक्रमणमा परी स्थानीय तीन जना घाइते भएका छन् ।
सप्तकोशी नगरपालिका- १ रक्तमाला टोल र खोरिया टोल नजिकै सोमबार बिहान बाघले आक्रमण गरी तीन जनालाई घाइते बनाएको प्रहरी चौकी फत्तेपुरले जानकारी दिएको छ । 

बाघको आक्रमण परी स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाइ घाइते भएको प्रहरी चौकी फत्तेपुरका प्रहरी नायव निरीक्षक पनालाल चौधरीले बताए। घाइतेहरूको पाखुरा, काखी मुनि, आँखाको डिलमा बाघले पञ्जाले कोतरेको छ । घाइतेहरूको स्थानीय मोडेल क्लिनिक फत्तेपुरमा उपचार पश्चात थप उपचारको लागि बिष्ट र गोसाइलाई विराटनगर लगिएको छ ।

बाघ खोरिया टोलस्थित परालको टाल मुनि बसिरहेको र कोशी टप्पु वन्य जन्तु आरक्ष कार्यालयलाई जानकारी गराएको प्रहरी नायव निरीक्षक चौधरीले बताए । आरक्षबाट नेपाली सेनासहित प्राविधिक टोली र वन कार्यालयका कर्मचारीहरू फत्तेपुर आइपुगेको स्थानीय पारस दाहालले बताए ।  
बाघ बस्तीमा प्रवेश गरेपछि फत्तेपुर बजारबासी त्रसित बनेका छन् । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बजार क्षेत्रको अनुगमन गरी बाघ नियन्त्रणमा लिएर सम्भावित क्षतीलाई रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बाघ नियन्त्रणको प्रयासमा खटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । 

कोशी टप्पु वन्य जन्तु आरक्षको जंगली जनावर र स्थानीयबीच दशकौदेखि द्वन्द्व हुँदै आएको छ । हात्ती र अर्नाको आक्रमणको शिकारमा जनधनको क्षति बेहोरिरहेको उक्त क्षेत्रका बासिन्दामाथि यसपटक बाघले नै आक्रमण गरेको भन्दै दाहालले स्थानीय आरक्ष प्रशासन र राज्यले समाधानको विशेष पहल गर्नुपर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.