ज्वेलर्सबाट सुन छाडेर चाँदीका गहना चोरी

ज्वेलर्सबाट सुन छाडेर चाँदीका गहना चोरी
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारीमा रहेको एउटा ज्वेलर्स (सुनचाँदी पसल) फुटाएर चोरी भएको छ। अज्ञात समूहले ज्वेलर्स फोडेर ठूलो परिमाणमा चाँदीका गरगहना चोरी गरेको छ।

करिब २ तोलाको तिलहरीबाहेक सुनका अरु गहना भने पसलमै छाडिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार ज्वेलर्सबाट २५ किलो चाँदीका गहना, २ तोला सुनको तिलहरी र १५ हजार रुपैयाँ नगद चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ज्वेलर्समा अनौठो खालको चोरी भएको उनको भनाइ छ। ‘ज्वेलर्स फोडेर चोरी गरिएको छ। चाँदीका सबै गहना लगेको पाइयो। तर, सुनका गहनाहरु पसलमै छाडिएको छ। २ तोलाको तिलहरी मात्रै चोर लगेको पाइयो। यो एकदमै अनौठो खालको घटना हो,’ डीएसपी जोशीले भने।

उनका अनुसार उर्लाबारी नगरपालिका–४ आइतबारेमा कुमार लिम्बूको घर भाडामा लिएर रमेश विकले न्यू पाथीभरा ज्वेलर्स सञ्चालन गर्दै आएका थिए। उक्त ज्वेलर्समा आइतबार राति चोरी भएको हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरीले घटनाको जानकारी सोमबार बिहान १० बजेतिर मात्रै पाएको थियो।

तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले घटनास्थल मुचुल्का उठाए थप अनुसन्धान अघि बढाएको छ। पसलको गाह्रो फोडेर चोरी गरेको पाइएको डीएसपी जोशीले बताए। एउटा तिलहरीबाहेक पसलमा रहेको अरु सुनका सामग्री चोरी नभएको हो। ‘ठूलो परिमाणमा चाँदीका गहना र तिलहरीसहित केही नगद लगेको पाइयो। तर, पसलमा भएको अरु सुन जस्ताको तस्तै छाडिएको रहेछ,’ डीएसपी जोशीले भने।

प्रहरीका अनुसार चोरीमा संलग्नले पसलभित्र रहेको सीसी क्यामेराको ‘ब्याकअप स्टोरेज’ नै लिएर गएको पाइयो। डीएसपी जोशीले चोरीमा संलग्नको पहिचान हुन बाँकी रहेको र खोजीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा टोली परिचालन गरिएको बताए। उनका अनुसार विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ।

उर्लाबारीमा पछिल्लो समय चोरीका घटना बढेका छन्। गत माघ २१ गते बिहानका राति मोबाइल पसलमा चोरी भएको थियो। त्यसयता सानातिना चोरी भइरहेका छन्। उर्लाबारी नगरपालिका–५ मा योगराज कार्कीले सञ्चालन गरेको मोबाइल वर्ल्ड नामक पसलबाट ३ करोड रुपैयाँभन्दा बढीको मोबाइल चोरी भएको प्रहरीले जनाएको छ।

मोबाइल पसल नै खाली गरेर चोरी गरिएको उक्त घटनामा संलग्न हालसम्म पक्राउ परेका छैनन्। प्रहरीले खोजी गरिरहेको छ। मोबाइल चोरीमा भारतीय नागरिक संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ। पसलबाट ४ सय ५० वटाभन्दा बढी मोबाइल चोरी भएको प्रहरीको भनाइ छ। चोरीमा संलग्नको पहिचान भइसके पनि भारत भागेका कारण पक्राउ गर्न नसकिएको प्रहरी स्रोतले बतायो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.