विराटनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित ३ जना पक्राउ परेका छन्।  सोमबार अपरान्ह पक्राउ परेकामध्ये १ जना भारतीय र २ जना नेपाली नागरिक हुन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भारत बिहारको अररिया थाना फारबिसगन्ज–७ का २८ वर्षीय अर्जुन मल्लिक, विराटनगर महानगरपालिका–१७ का १९ वर्षीय साइनम गुरुङ र मोरङको लेटाङ नगरपालिका–३ का ४० वर्षीय नवीन तामाङलाई पक्राउ गरिएको हो। भारतको जोगवनीबाट नेपाल छिरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा साथबाट ब्राउन सुगरजस्तो देखिने वस्तु ४०.१४ ग्राम बरामद भएको जोशीले बताए। 

इलाका प्रहरी कार्यालय रानी, इलाका प्रहरी कार्यालय रानी (सीमा) र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले तीनै जनालाई सोमबार अपरान्ह ४:३० बजेतिर विराटनगर–१५ स्थित चाइना मार्केटबाट पक्राउ गरेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिररहेको छ। पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मद्दा चल्ने डीएसपी जोशीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.