अध्यक्षको आदेशबिना काम गर्न पाउँदैनन् लिमी हल्जीवासी

अध्यक्षको आदेशबिना काम गर्न पाउँदैनन् लिमी हल्जीवासी

हुम्ला : सुन्दैमा अच्चम लाग्न सक्छ यो हुम्ला जिल्लाको उत्तरी तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका–६ कै लिमीको हल्जी गाउँ हो। जहाँ ९० घरधुरी भएको हल्जी गाउँको नियम आफ्नै छ। गाउँमा एक जना स्थानीयलाई अध्यक्ष चुनिएको छ। गाउँको रेखदेखदेखि सार्वजनिक काम र व्यक्तिगत घरायसी काम अध्यक्षलाई नसोधेर गर्न पाउँदैनन् यहाँका स्थानीय।

अध्यक्षको आदेशबिना यहाँका स्थानीयले आफ्नो घरको व्यक्तिगत काम पनि गर्न नपाउने नियम छ। जति काम ग¥यो निश्चित समयमै सक्नुपर्ने नियम छ। बिहानै उठेर खेतबारीको काम गर्न पाइँदैन। जसले नियमविपरीत काम गर्छ उसलाई १÷२ रुपैयाँ जरिबाना गर्ने गरिएको छ।

सार्वजनिकदेखि व्यक्तिगत जम्मा पाँच घण्टामात्रै काम गर्छन् यहाँका स्थानीयवासी। अध्यक्षको आदेशअनुसार बोल्न पनि पाइँदैन। बाली भित्र्याउन भ्याइनभ्याइ हुँदा पनि लिमेली जनता गाउँको अध्यक्षको आदेशअनुसार बिहान ६ बजेदेखि दिउँसोको ११ बजेसम्ममात्रै काम गर्न पाउने नियम बनाइएको स्थानीयले बताउने गरेका छन्। पाँच घण्टाभित्रै तँछाडमछाड गर्दै उनीहरू काममा व्यस्त हुने गरेका छन्।

दिनभर काम गरेपछि थकाइ लाग्ने कारण स्वास्थ्यलाई मध्यनजर गरेर यो नियम लागू गरिएको नाम्खा गाउँपालिका—६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए। बिहान ५ घण्टा काम गरेपछि दिउँसो घरमा आराम गरी बस्न पाउने भएकाले यस्तो नियम लागू गरेको उनको भनाइ छ। ‘शरीरलाई पनि आराम चाहिने भएकाले दिनभर काम गर्न नदिइएको हो’, उनले भने।null

कात्तिके बाली भित्र्याउन तँछाडमछाड गर्दै बाहिरबाट आएका पाहुनाहरूसँग बोल्न उनीहरूलाई फुर्सदसमेत नहुने गरेको यहाँका स्थानीयले बताउने गरेका छन्। बिहान ६ बजेदेखि ११ बजेसम्म स्थानीयले काम गर्छन्। त्यसपछि दिनभर घरमै बसेर खाना खाने र आराम गर्ने नियम छ। खेतको अन्नबाली भित्र्याउनेदेखि खर्क चरिचरन चैत महिनाको अन्तिम र वैशाख महिनाको पहिलो हप्ता हुने गरेको वडाध्यक्ष पाल्जोर तामाङले बताए। वडामा निर्वाचित चार जना जनप्रतिनिधि छन्। जनप्रतिनिधिलाई सघाउने तीन जना छुट्टै चयन भएका वडाध्यक्ष तामाङको भनाइ छ।

गाउँमा घाँस काट्ने, अन्नबाली छर्ने र भित्र्याउने समयमा उनीहरूको भूमिका हुने गरेको नाम्खा गाउँपालिका— ६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए। ‘बिहानै कसैले काम गर्न जान पाउँदैन। छिटो खेतबारीमा पुग्नेलाई कार्बाही हुन्छ बरु ढिला गए केही हुँदैन’, वडाध्यक्ष तामाङले बताए। तील गाउँमा फागुन महिनामा बैठक बस्ने चलन छ भने हल्जी गाउँमा चैतको अन्तिम हप्ता र वैशाखको पहिलो हप्ता बैठक बसेर गाउँका समसामयिक विषयमा छलफल हुने गरेको उनको भनाइ छ। तील गाउँमा ४२ घरधुरीमध्ये अब १८ घरधुरी मात्र गाउँमा छन्। हल्जी गाउँमा ८० घरधुरीमा २ घरधुरी बाहिर छन्। जाँङमा ६३ घरधुरीमध्ये २ घरमात्रै गाउँमा छन्। अन्यले गाउँ छोडेका छन्।

लिमिकै जाङ र तील गाउँमा यो नियम लागू गरिएको छैन। जाङमा बिहान ३ बजेदेखि बेलुका ६ बजेसम्म मनलाग्दी काम गर्न पाइने भएको स्थानीय सुङडुप तामाङले बताए। स्थानीय बिहानै उठेर उवा, जौ र घाँसपातमा व्यस्त हुने र बेलुका जतिखेर मनलाग्छ त्यही समय घर फिर्ता हुने गरेको तामाङको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.