सामान जाँचपास भइसकेको ट्रक प्रहरीको नियन्त्रणमा

सामान जाँचपास भइसकेको ट्रक प्रहरीको नियन्त्रणमा
सुन्नुहोस्

विराटनगर : सामानको जाँचपास गराएर विराटनगर भन्सार कार्यालयबाट निस्किएको एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले सामान लोड गरिएको भारतीय नम्बर प्लेटको ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार भन्सारबाट जाँचपास भएको भन्दा बढी परिमाणको सामान रहेको सूचनाका आधारमा ट्रक नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापाको नेतृत्वमा टोली परिचालन गरिएको थियो। 

इन्स्पेक्टर थापा नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडबाट युपी ८७–९१८१ नम्बरको ट्रकसहित सामान र चालकलाई सोमबार साँझ ५:३० बजेतिर नियन्त्रणमा लिएको हो। डीएसपी जोशीका अनुसार ट्रकमा विद्युतीय, फुड सप्लिमेन्ट्री, शृंगारका सामान, मेडिकल उपकरणजस्ता वस्तु रहेको प्रज्ञापन पत्रमा उल्लेख छ। ४५ लाख रूपैयाँ बराबरको सामान र ट्रकसहित चालक भारतीय नागरिक ३५ वर्षीय मोहमद अस्लामलाई नियन्त्रणमा लिइएको उनले बताए।  

सामान लोड गरिएको ट्रक र चालक अस्लामलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जानकारी जोशीले दिए। उनका अनुसार सामान कसको हो भनेर यकिन भइसकेको छैन। राजस्व अनुसन्धानले अनुसन्धान गरेपछि थप कुरा प्रष्ट हुने जोशीको भनाइ छ। 

विराटनगर भन्सार कार्यालयका प्रमुख परिवर्तन भएका छन्। भन्सार प्रमुखका रूपमा उमेश श्रेष्ठ आएका छन्। यसअघिका प्रमुख ज्ञानेन्द्र ढकालले सोमबारदेखि औपचारिक हिसाबले बिदा लिएका छन्। ढकालले भन्सार प्रमुख भएर विराटनगर रहँदा तस्करी नियन्त्रणका लागि उल्लेख्य भूमिका खेलेका थिए। 

उनको सरुवा भएर नयाँ प्रमुख आएपछि भन्सारबाटै तस्करी गराउन व्यापक चलेखल भइरहेको स्रोतले बतायो। स्रोतका अनुसार भन्सारकै कर्मचारी, एजेन्ट र व्यापारीबीच चलखेल भइरहेको हो। जाँचपासका क्रममा प्रज्ञापन पत्रमा कम सामान देखाउने र ढुवानीका साधनमा बढी सामान राखेर तस्करी गर्ने गरिएको छ। 

विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुमित गुप्ता भन्सार जाँचपास भएर निस्किएको ट्रक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिनु सामान्य प्रक्रिया भएको बताउँछन्। ‘यो नियमित र सामान्य प्रक्रिया हो। शंका लागेमा कुनै गाडीलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सक्छ,’ उनले भने। 

प्रहरीले नियन्त्रणमा लिएको ट्रकको सामान कसको हो र कसले जाँचपास गरेका थिए भनेर भन्सार अधिकृत गुप्ताले खुलाउन सकेनन्। ‘जाँचपास गर्ने कर्मचारी र भन्सार एजेन्टका बारेमा मलाई थाहा भएन। सामान कसको हो भनेर यकिन छैन। त्यो कुरा राजस्वतिरबाटै नै थाहा हुन्छ,’ उनले भने। काम गर्ने क्रममा केही कमजोरी भएपनि तस्करीलाई प्रसय दिने खालका कुनै गतिविधि भन्सारबाट नहुने गुप्ताको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.