दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाइते
दार्चुला : दार्चुलामा जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका-२ का २५ वर्षीय महेश भुल रहेका छन्।
आज दिउँसो ४ बजे जिल्लाको महाकाली नगरपालिका-२ मुल्लामा सुपप्र –००१ ज ०००५ नम्बरको जिप दुर्घटना भएको थियो।
भुलको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले बताए।
दुर्घटनामा महाकाली नगरपालिका-२ घर भएका १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !