प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त

प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन्। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वकानुनमन्त्रीसमेत रहेका खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन्।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका खरेल यस अगाडि ओली प्रधानमन्त्री हुँदा खरेल महान्यायाधिवक्तामा नियुक्त भएका थिए। खरेल २०६४ र २०७० मा संविधानसभा सदस्यसमेत थिए।

गौरादह–३, झापा स्थायी घर भएका वरिष्ठ अधिवक्ता खरेल २०४२ सालदेखि कानुनी क्षेत्रमा संलग्न रहँदै बार एसोसिएसनको महासचिव समेत बनिसकेका छन्। २०४७ सालको संविधान निर्माणमा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको कानुनी सहयोगीका रुपमा काम गरेका खरेल २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका सदस्य पनि थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.