बाल सुधारगृहमै झडप

बाल सुधारगृहमै झडप
सुन्नुहोस्

विराटनगर : विराटनगरको बाल सुधारगृहभित्र दोहोरो झडप हुँदा ३ जना घाइते भएका छन्। विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा शुक्रबार साँझ पौने ८ बजेतिर झडप भएको प्रहरीले जनाएको छ। सुधारगृहका प्रमुख मिलन चौहानले झडपमा परेर घाइते भएकाको अवस्था सामान्य रहेको र उपचार भइरहेको जानकारी दिए। 

घाइते ३ जना नै २२ वर्षका छन्। २ जना पाँचथर र १ जना सुनसरीका हुन्। चौहानका अनुसार घाइते हुनेमा कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अदालतले सजाय सुनाएकाहरू छन्।  

कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिन्छ। तर, सुधारगृहमा राखिएका बालक अहिले युवा भइसकेका छन्। गृह प्रमुख चौहानले सुधारगृहमा २ पक्षबीच झडप भए पनि कारण खुलिनसकेको बताए। ‘एक्कासि झडप भयो। ३ जना घाइते भए। तर, घटनाको कारण थाहा छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने। घटनाको अनुसन्धान गर्न मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया खटिएका छन्। चिमरिया नेतृत्वको टोलीले विवाद समाधानका लागि समन्वय गरेको चौहानले बताए। 

विवाद समाधान भएपछि मात्रै घाइतेलाई उद्धार गरेर उपचारका लागि पठाउन सम्भव भएको उनको भनाइ छ। उनका अनुसार सुधारगृहको क्षमता ५० जनाको हो। तर, सुधारगृहमा २ सय ४९ जनालाई राखिएको छ। 

सुधारगृहभित्र रहेकामध्ये १८ वर्ष कटेर बालिग भएकाहरूको संख्या धेरै छ। १८ वर्षमाथिका १ सय २४ जना छन्। उनीहरू बालक हुँदै कानुनी विवादमा परेर सजाय भुक्तान गरिरहेका छन्। तर, आवश्यक कानुनको अभावले बालिग भइसके पनि सुधारगृहभित्रै राख्ने गरिन्छ।  ‘युवा अवस्थामा पुगेकालाई बालकहरूसँगै राखिएको छ। क्षमताभन्दा धेरै छन्। सुधारगृहभित्रको अवस्था समस्याग्रस्त छ,’ चौहान भन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.