कांग्रेस सभापतिले हटाए २४ जिल्ला सदस्य

कांग्रेस सभापतिले हटाए २४ जिल्ला सदस्य
सुन्नुहोस्

परासी : कांग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले २४ जना जिल्ला सदस्यलाई पदीय जिम्मेवारीबाट हटाएका छन्। पोखरेलले १० जना मनोनीत र १४ जना आमन्त्रित सदस्यलाई हटाएका हुन्। सभापति पोखरेलले फागुन ११ गते सबैलाई पत्र पठाउँदै पद कायम नगरेको जानकारी दिएका हुन्। 

सभापतिले आफूखुसी सदस्य हटाएको भन्दै जिल्ला समितिकै पदाधिकारीबीच असन्तुष्टि बढेको छ। विधानअनुसार जिल्ला सभापतिले सदस्य मनोनीत गर्ने अधिकार दिइएको छ। जसअनुसार सभापतिले ८ जना सदस्य मनोनीत गर्न पाउँछन्। तर, सभापति पोखरेलले भने १० जनालाई मनोनीत गरेका थिए।

विधानले भनेको छ, ‘सदस्यको मनोनयन गर्दा, उक्त कार्यसमितिमा प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित भई आउने पदाधिकारी र सदस्यको जम्मा संख्याको २० प्रतिशत सदस्य मनोनीत गर्ने छ। यसरी मनोनीत २० प्रतिशत सदस्यसहितको संख्या कार्यसमितिको कुल संख्या हुने छ।’ जिल्ला समितिमा ३७ जना निर्वाचित भएर आएका छन्। विधानअनुसार २० प्रतिशत मनोनीत गर्दा ८ जना थपभई जम्मा कार्यसमिति ४५ जनाको हुने छ। तर, सभापति पोखरेलले ८ जना नभई १० जना मनोनीत गरेका हुन्। 

विधानबाहेक १४ जनालाई आमन्त्रितलाई मनोनीत गरेका हुन्। निर्वाचित र मनोनीत गरी जिल्ला सभापति पोखरेलले जिल्ला समितिको संख्या ६१ जनाको पुर्‍याएका थिए। अहिले मनोनीत र आमन्त्रित हटाएपछि जिल्ला समिति ३७ जना निर्वाचितहरूको मात्र रहेको जिल्ला सचिव कुलदीप आचार्यले बताए। मनोनीत गर्दा जिल्ला सभापति आफैंले गरेको र पछि बैठकबाट अनुमोदन गराएको सचिव आचार्यले बताए। तर, सदस्यहरूलाई हटाउँदा भने बैठकले नभई सभापतिले स्वःनिर्णय गरेर हटाएको आचार्यको भनाइ छ। ‘मनोनीत गरेपछि हटाउँदा दुईतिहाइले हटाउनुपर्ने हो। तर, सभापतिजीले आफूखुसी हटाउनुभयो। 

किन हटाउनुभयो, उनलाई सोध्नुस्,’ सचिव आचार्यले भने। 

सभापति पोखरेलले विधानको अधिकार प्रयोग गरेर सदस्यलाई जिम्मेवारीबाट हटाएको बताए। ‘विधानले सभापतिलाई मनोनीत गर्ने अधिकार दिएको छ। राख्दा मैले नै राखे, हटाउँदा नि मैले हटाए, आवश्यक परेपछि बैठकबाट अनुमोदन गरौंला,’ सभापति पोखरलले भने। 

पार्टीलाई एक भएर अगाडि बढाउनका लागि अन्य साथीहरूलाई पनि समावेश गर्नुपर्ने भएकाले सबै मनोनीत सदस्यहरूलाई जिम्मेवारीबाट एकछिनलाई वि श्राम दिएको पोखरेलको तर्क छ। ‘ जिल्लामा दुई गुट छ। सबै गुटलाई जिल्ला समितिमा ल्याउनका लागि अहिलेकालाई जिम्मेवारीबाट हटाइएको हो।’ पोखरेलको तर्क छ। जिल्लामा देखिएको गुटलाई मिलाउन बैठकले आह्वान गरेको र उनीहरूसँगको छलफलपछि फेरि कस्लाई कसरी मनोनीत गर्नेबारे छलफल हुने सभापति पोखरेलले बताए। जिल्लामा कांग्रेसका दुई गुटको पार्टीगत रूपमा तीव्र प्रतिस्पर्धा छ। पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र पार्टी लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालको गुट छ। जिल्ला सभापति पोखरेलसहित बहुमत जिल्ला समिति खनाल पक्षको छ।

गुट मिलाउने नाममा छुट्टै बैठक बसेको आरोप जिल्लाको गुटलाई मिलाएर पार्टीलाई एक भएर अगाडि बढाउनका लागि बैठकले आह्वान गरे पनि केही नेताहरू बसेर छुट्टै छलफल गरेको जिल्ला सचिव कुलदीप आचार्यको भनाइ छ। गुटका नाममा जिल्ला सभापति पोखरेल, उपसभापति विव्रmम यादव, पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, पार्टी प्रवक्ता एंव प्रतापुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव र क्षेत्रीय सभापति माधव पाण्डेको टोली रुपन्देहीको खैरनीमा बैठक बसेको सचिव आचार्यको भनाइ छ। कँडेल र पाण्डेबाहेक अन्य खनाल गुटका हुन्।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.