रंग उत्सव, होली उत्सव

रंग उत्सव, होली उत्सव

फागु भनेको फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रंग छ्यापेर तथा अबिर दलेर नाच्ने गाउने गरी विभिन्न किसिमका रंगले एकअर्कोमा रमाइलो मनाउने उत्सव हो। यही उत्सवलाई फागु अर्थात् होली नामबाट चिनिन्छ। यस पर्वलाई फागु वा होली भनेर उच्चारण गर्नुका पछाडि फागुन महिनामा पर्ने धेरै चाडमध्ये रमाइलो चाड हो। जुन होलीका नामकी राक्षसलाई मारेको खुसीमा मनाइने पर्व भएकाले होली या फागु भनिएको हो भन्ने किंवदन्ती छ। यसरी होलीका मरेको उपलक्ष्यमा सबैले खुसीयाली मनाउन होली खेल्ने चलन सुरु भएको कुरा भविष्य पुराणमा उल्लेख छ।

यसर्थ वर्षमा एकचोटी आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग नलगाएर आफू आफूमा मात्र खेल्यौ भने मात्र सही अर्थमा होलीको महत्त्व रहन्छ। नेपाली समाजमा फागु पर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ। हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व यस वर्ष यही फागुन २९ गते बिहीबार परेको छ तर पूर्वको सुरुआत भने एक साताअधि अर्थात् फागुन शुक्ल अष्टमीदेखि हुनेगर्छ। फागु पर्वले नयाँ उत्साह, जोस, जाँगर र नवीन ऊर्जालाई छताछुल्ल गरी सामाजिक एकता र सद्भावमैत्री र भाइचारा जगाउने गर्छ। यो उराठलाग्दो चिसो मौसमलाई बिदा गर्दै वसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एक साता लामो फागु उत्सवको उष्कर्ष फागु पूर्णिमा नै हो। सबै जाति, सबै धर्म, सम्पूर्ण संस्कृतिप्रेमीको यो सिंगो चाड हाम्रो तराई क्षेत्रमा त झनै विशेष धूमधामका साथ मनाइन्छ। यसमा खासगरीकन मिथिलाञ्चलको जनकपुरदेखि सम्पूर्ण समथर भू–भाग र काठमाडौं उपत्यकालगायत पहाडी पवित्र होली उत्सवले चिनिने फागु पर्वलाई ‘चिरदाह’को रूपमा पनि लिइन्छ। यसमा धार्मिक शास्त्रअनुरूप असत्यमाथि सत्यको विजय, कुण्ठा, ईष्र्या र वैमनस्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवको रूपमा लिइने यस पर्वलाई मिथिली भाषामा ‘सम्मत जलाउने’ पनि भनिन्छ। विशेषगरी, युवापुस्ताका लागि रंगीन र जीवन्त यो महोत्सव होलीका महोत्सवले पनि चिनिएको छ।

हाम्रो नेपाली समाजमा फागु पर्व पनि एउटा विशेष महŒव बोकेको चाड पनि हो। हरेक वसन्त ऋतुुको आगमन साथै वर्षमा एकचोटी आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग, लोला आदि प्रयोग नगरी आफ्ना दौंतरीबीच रमाइलो गर्ने आनन्ददायक पर्व हो। यस पर्वमा भगवान्को भजनकीर्तनको साथ साथै नाचगान गरी विभिन्न किसिमका रंगले एकआपसमा मिलेर अबिर दल्दै आमोदप्रमोद गर्दै हाँसखेल ठट्टा गरेर आनन्द मनाउनु यो पर्वको मर्यादित गरिमा हो। यस पर्वलाई अनुशासित रूपमा मनाउने परम्पराको मानसिकतालाई जीवन्त राख्नु सबैको परम कर्तव्य हो। यस पर्वलाई उमेरको हदबन्दी छैन, त्यस्तैगरी राजादेखि रंकसम्म सबैले आपसमा मिलेर बडो उल्लासमय वातावरणमा रम्छन्। यसमा खासगरी युवायुवती बडो जाँगरका साथ यस पर्वमा बढीभन्दा बढी संख्यामा सहभागी हुन्छन् र रमाउँछन्।

फागु पूर्णिमा अर्थात् होलीको प्रचलन कसरी आयो त भनी खोतल्ने हो भने विभिन्न धार्मिक कथा भेटिन्छन् जसकारण होली पर्व चलेको छ। यसमा पनि भन्ने नै हो भने प्राचीनकालमा हिरण्य कश्यपुनामक राक्षसका प्रल्हाद नाम गरेका छोरा थिए, तर बाबु पापिष्ट राक्षस थिए। तापनि छोरा प्रल्हाद भने बडो विष्णुभक्त थिए। उनका बाबुले आफ्नो छोरालाई विभिन्न कोसिस गरेर आफ्नो बाटो अगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रल्हादको डेग नचलेपछि आफ्नी बहिनी होलिकालाई हिरण्य कश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए। तर प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलीका उल्टै भष्म भइन् भने प्रल्हादलाई आगोले केही गर्न सकेन। सोही खुसीयालीमा होलीपर्व चलेको हो भन्ने किंवदन्ती छ।

फागु पूर्णिमाको एक हप्ता अगाडिदेखि नै आफ्नो कार्यालय, स्कुल, क्याम्पस, बाटो हिँड्ने आदि व्याक्तिहरूलाई जथाभावी रंग्याइदिने, लोला हान्नेजस्ता घटना सामान्य भइसकेका छन्। यस्तै किसिमका सामान्य घटनाहरूले उग्र रूप लिई जनधनको ठूलो नोक्सान नहोला भन्न सकिन्न। यसमा पनि रंगउत्सवको खुसीयालीपूर्ण चाडलाई नबुझी हिंसात्मक वा त्रास र विकृतिपूर्ण रूपमा मनाउनु मूर्खता हो। होलीका नाममा विभिन्न उच्छृंखल कामले देशको संस्कृति र उत्सवप्रतिको नकारात्मक छाप पनि बढ्दै गएको छ। तर विडम्बना हाम्रा यावत् यस्ता महान् र महामानव बनाउने यावत् कार्यहरू हिजो आज आएर फेसन र मनोरञ्जनमा परिणत हुँदैछन्।

अन्त्यमा, प्राचीनकालदेखि मनाउँदै आएका विभिन्न चाडपर्वमध्ये फागु वा होली पनि एउटा विशेष महŒवको चाड हो। वस्तुत: फागुन शुक्ल अष्टमीका दिन चीर गाडी अबिर छरेर पूजा गरी सुरु गरिने चाड पूर्णिमाको रातमा चीर बालेपछि समाप्त हुन्छ। मुख्य होलीको दिन एकापसमा अबिर दलादल गर्ने र मीठामीठा पकवान खाने चलन छ। वर्षमा एकचोटी आउने चाड सभ्य तरिकाले मनाउनुमै होलीको महŒव रहन्छ। यो पर्व नेपाल र भारतलगायत विश्वभरि नै रमाइलो गरी मनाउने गरेका छन्। नेपालको आफ्नै संस्कृति र भेषभूषा छ। हाम्रो संस्कृति, सभ्यता परम्परानुसार वर्षभरि नै कुनै न कुनै चाडपर्व पर्नेगर्छ।

कुनै पनि चाडपर्वको विशेषता नै चित्त शुद्ध पार्नु र शारीरिकरूपले निरोगी हुनु हो। जुन विशुद्ध उद्देश्यबाट यो पर्व परापूर्वकालदेखि सुरु भयो सो अनुरूप हाल व्यवहारमा देखा पर्न सकिरहेको छैन। यो पर्व नेपाल र भारतलगायत विश्वका अरू हिन्दुधर्मावलम्वीले अति नै रमाइलो गरी मनाउने चाड हो। यसमा पनि धर्म मान्ने र पर्व मनाउने क्रममा खासगरी हाम्रो मुलुकमा मानिसले विदेशी तडकभडक र छाडा संस्कृति भिœयाउने गरेको अवस्था कसैबाट छिपेको छैन। यस्ता पर्वको खुसीयाली मनाउने क्रममा हाम्रो समाजमा अनेकौं विकृति र विसंगतिले प्रश्रय पाउँदै आएको छ। गलत प्रवृत्तिलाई हटाउन बेलैमा सम्पूर्ण नेपाली सचेत हुनुका साथै सरकारले पनि कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ। यसले हाम्रो धर्म र संस्कृतिका सबै विकृतिको अन्त्य हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.