महेन्द्र मोरङमा तोडफोड, स्ववियु सभापतिसहित ६ जना पक्राउ

महेन्द्र मोरङमा तोडफोड, स्ववियु सभापतिसहित ६ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिका–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा तोडफोड गर्ने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)का सभापतिसहित ६ जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ। 

सार्वजनिक बिदाको दिन बन्द रहेको स्ववियु निर्वाचन कार्यालयमा पुगेर प्लाष्टिकको कुर्सी र सूचना पार्टी तोडफोड गरी निर्वाचन कार्यालयको ताला ताडेर भित्र प्रवेश गर्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार घटना दिउँसो २:४५ बजेतिरको हो। 

तोडफोडलगत्तै वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालयबाट पुगेको संयुक्त टोलीले स्ववियु सभापति विराटनगर–१० का २८ वर्षीय जसवन्त पौडेल, स्ववियु सचिव विराटनगर–३ का २७ वर्षीय सनिम ठकुरी, स्ववियु सदस्यहरू विराटनगर–१२ का २८ वर्षीय प्रज्वल अधिकारी र २७ वर्षीय रोशनकुमार पासवान तथा क्याम्पसकै विद्यार्थीहरू विराटनगर–७ का २० वर्षीय नवीन तिवारी र १९ वर्षीय तिलक खड्कालाई पक्राउ गरेको हो। 

डीएसपी जोशीका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। ‘क्याम्पसको निर्वाचन कार्यालयमा तोडफोड गरेका कारण उनीहरुलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’

उनका अनुसार पक्राउ परेकालाई के कारबाही हुन्छ भन्ने यकिन भइसकेको छैन। पक्राउ परेकाहरु नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ (नेपाल विद्यार्थी संघ) आबद्धहरु हुन्। उनीहरु पार्टीको संस्थापन पक्षका हुन्। 

महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेविसंघमा विवाद छ। संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले क्याम्पसमा विरोध गर्दै आएको छ। इतर समूहले निर्वाचन समितिको कार्यालयमा ताला पनि लगाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.