कोदो खेतीको भविष्य

कोदो खेतीको भविष्य

४० वर्षको उत्पादनको तथ्यांक हेर्ने हो भने अहिले उत्पादकत्व प्रतिहेक्टर १.२३ मेट्रिकटन पुगेको छ, जुन हालसम्मकै उच्च हो।

एसिया र अफ्रिकाको अर्धशुष्क क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मुख्य खाद्यान्नको रूपमा प्रयोग गरिने अन्न कोदो हो। यिनै क्षेत्रमा धेरै वर्षदेखि खेती गरिँदै आइएको छ यो बालीको। भारतमा आज व्यावसायिक रूपमा धेरै मात्रामा कोदो उत्पादन हुन्छ, जसको विश्वव्यापी व्यापारिक महत्त्व छ। नेपालमा उँगो कोदो सबैभन्दा धेरै खेती गरिने कोदो हो। जुन पहाडी र हिमाली कृषि प्रणाली, विशेषगरी वर्षामा आधारित र सिमान्त कृषि क्षेत्रहरूमा एक महत्त्वपूर्ण मुख्य खाद्यान्न हो। कोदो स्वास्थ्यका लागि पनि फाइदाजनक छ। यसले मधुमेह रोक्न र तौल नियन्त्रणमा राख्न मद्दत गर्छ। नेपालको पहाडी भेगमा धेरै मानिस गरिबी र त्यस क्षेत्रमा धान र गहुँ खेती गर्न नसक्ने कारणले मुख्य खाद्यान्नको रूपमा कोदो खान्छन्।

पोखराको कोदोमा गरिएको हालैको अध्ययनले देखाएको छ कि उँगो कोदो कृषि प्रणालीको एक आवश्यक घटक हो। जुन नेपालको पोखरा उपत्यकाको उपसहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरूको आयको एक महत्त्वपूर्ण स्रोत हो। कागबेनी क्षेत्रमा उच्च वर्षा हुने भएकाले, बेगनास क्षेत्रभन्दा त्यहाँ उँगो कोदो खेती गर्न उपयुक्त छ। तथापि, नयाँ प्रविधिको प्रयोगले मानव श्रमको आवश्यकतालाई ठूलो मात्रामा प्रतिस्थापन गर्न सक्छ, जसले खेती खर्च घटाउँछ र मुनाफा बढाउँछ। नेपालमा कोदोलाई लाभदायक बालीको रूपमा पनि चिनिन्छ। धान, मकै र गहुँको तुलनामा कोदोबाट राम्रो आय हुन्छ। नेपालजस्तो देश जहाँ २५ प्रतिशत मानिस दैनिक १.२५ अमेरिकी डलरभन्दा कममा बाँचिरहेका छन्। जहाँ मानव विकास र खाद्य सुरक्षाका सूचकहरू, जस्तै औसत आयु, मृत्यु दर, कम तौलका बच्चाहरू, गर्भपात दर र साक्षरता दर अन्य विकासशील देशहरूको तुलनामा निराशाजनक छन्। त्यस्तो अवस्थामा उँगो कोदो आवश्यक पोषक तत्त्वहरूको सस्तो स्रोतको रूपमा अझ महत्त्वपूर्ण भूमिका खेल्छ। तथापि, उँगो कोदो खेतीका लागि श्रमसाध्य र समय खप्ने कृषि प्रक्रिया र फसलपछिका प्रक्रियाले किसानलाई यसमा रुचि गुमाउँदै लगेका छन्।

४० वर्षको तथ्यांकको विश्लेषणले देखाएको छ कि कोदोको औसत उत्पादन २६२.०७ हजार मेट्रिकटन छ। उत्पादन ११५ देखि ३२६ हजार मेट्रिकटनको दायरामा छ, जुन प्रतिहेक्टर ०.९१ देखि १.२३ मेट्रिकटन उत्पादनको बराबर छ। कोदोको उत्पादनमा प्रत्येक वर्ष निरन्तर वृद्धि भए पनि उत्पादकत्वमा वृद्धि धेरै ढिलो छ। उत्पादनको मोड २८३ मेट्रिकटन प्रतिवर्ष छ, जुन तथ्यांकमा सबैभन्दा बढी पटक देखिएको छ। जसले ४० वर्षको अवधिमा औसतभन्दा कम उत्पादन बढी पटक देखिएको छ। मानक विचलन ५८.६९ छ, जसले देखाउँछ कि नेपालमा कोदोको उत्पादन औसत उत्पादनभन्दा ५८.६९ ले विचलित भएको छ। कोदो उत्पादनको दायरा २११.४४ हजार हेक्टरको मापन छ, जुन उच्चतम र न्यूनतम उत्पादनको बीचको भिन्नता हो। यसले देखाउँछ कि धान, गहुँ, जौ र मकैको तुलनामा कोदो उत्पादनमा धेरै उच्च उतारचढाव छ। १९८१–८२ देखि २०२०–२१ सम्मको कुल कोदो उत्पादन १०४८३.१९ हजार मेट्रिकटन छ। जुन ९५२७.१५ हजार हेक्टर भूमि प्रयोग गरी उत्पादन गरिएको हो, जुन प्रतिहेक्टर १.०९ हजार मेट्रिकटनको अनुपात हो।

४० वर्षको तथ्यांकले देखाउँछ कि कोदो उत्पादनका लागि प्रयोग गरिएको औसत खेतीयोग्य भूमि २३८.१७ हजार हेक्टर छ। खेतीयोग्य भूमिको न्यूनतम प्रयोग १२२ हजार हेक्टर छ भने अधिकतम प्रयोग २७८ हजार हेक्टर छ। खेतीयोग्य भूमि प्रयोगको मोड १९६ हजार हेक्टरको मापन छ, जुन तथ्यांकमा सबैभन्दा बढी पटक देखिएको मान हो। जसले देखाउँछ कि ४० वर्षको अवधिमा कोदो उत्पादनका लागि खेतीयोग्य भूमि सन्तोषजनक रूपमा प्रयोग भएको छैन। मानक विचलन ४३.२० छ, जसले देखाउँछ कि खेतीयोग्य भूमि औसत प्रयोग भएको खेतीयोग्य भूमिभन्दा ४३.२० हजार हेक्टरले विचलित छ। कोदोको अधिकतम उत्पादकता एक वर्षमा १.२३ छ। जसले देखाउँछ कि नेपालले कोदोको उत्पादकत्व अधिकतम उत्पादकत्वभन्दा बढाउन सक्छ। मकै, धान, गहुँ, जौ र कोदोको उत्पादनको तुलना गर्दा कोदोको उत्पादन यी पाँच बालीमध्ये सबैभन्दा कम छ।

सवसहारा अफ्रिकाका लाखौं साना र परम्परागत किसानहरूको पारिस्थितिक इतिहासमा कोदोको महत्त्वपूर्ण भूमिका छ। यो उनीहरूको कृषि पद्धति, खाद्य अभाव, जीवनशैली र सांस्कृतिक पहिचानका लागि अत्यावश्यक छ। तथापि, विश्वव्यापी र राष्ट्रियस्तरमा यसलाई प्रायः उपेक्षा र कम मूल्यांकन गरिन्छ, विशेषगरी पश्चिम अफ्रिकी कोदोहरूको मामलामा। सबसहारा अफ्रिकाका दुर्गम समुदायहरूमा जातीय पारिस्थितिक विकास मोड सुरु गर्न विज्ञान, कृषि परियोजना र ग्रामीण विकास रणनीतिहरूबाट पर्याप्त सहयोगको आवश्यकता छ। अफ्रिकामा कोदोलाई ‘अफ्रिकाको हराएको बाली’ भनिन्छ, किनभने यो निर्यात बाली हो।

नेपालमा ४० वर्षको कोदो उत्पादनको प्रवृत्तिलाई विश्लेषण गरिएको छ र यसलाई दुई भागमा विभाजन गरिएको छ। पहिलो २० वर्ष र अर्काे २० वर्ष १९८१–८२ मा कुल १२२ हजार हेक्टर खेतीयोग्य भूमिमा कुल १२२ हजार मेट्रिकटन कोदो उत्पादन भएको थियो, जुन प्रतिहेक्टर १.०० मेट्रिकटन उत्पादनको बराबर छ। यसको मतलब एक हेक्टर खेतीयोग्य भूमिबाट १ मेट्रिकटन कोदो उत्पादन भएको हो। १९८१–८२ देखि २० वर्षपछि, अर्थात् २०००–२००१ मा, खेतीयोग्य भूमि १३८ हजार हेक्टरले बढेर २६० हेक्टर पुगेको थियो। उत्पादन पनि बढेर २८३ हजार मेट्रिकटन पुगेको थियो। यसका साथै, उत्पादकता पनि बढेर २० वर्षमा प्रतिहेक्टर १.०९ मेट्रिकटन पुगेको थियो, जुन आधुनिक प्रविधि र त्यो क्षेत्रमा अनुभवी व्यक्तिहरूको कारणले भएको हो।

हालको २० वर्षको तथ्यांक विश्लेषण गर्दा खेतीयोग्य भूमि २.४० हजार हेक्टरले बढेर २६५.४० हजार हेक्टर पुगेको छ भने उत्पादन पनि बढेर ३२६.४४ हजार मेट्रिकटन पुगेको छ। तथापि, ४० वर्षको उत्पादनको तुलनामा उत्पादकत्व प्रतिहेक्टर १.२३ मेट्रिकटन पुगेको छ, जुन नेपालमा कोदो उत्पादनको उच्चतम उत्पादकत्व हो। नेपाल सरकारले कोदो खेती गर्ने किसानहरूलाई विभिन्न क्षेत्रबाट सहयोग गरिरहेको छ भने आधुनिक प्रविधि, नवीनता, अनुसन्धान र विकासले पनि नेपालमा कोदो उत्पादन बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। तथापि, हामी अझै पनि देशको कुल माग पूरा गर्न सकेका छैनौं, जसले जनसंख्या वृद्धिको कारण आयात बढाउनु परेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.