पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि गल्याङलाई
स्याङ्जा : पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ। च्याम्बर अफ कमर्श वालिङले आयोजना गरेको प्रथम पिंक सिटी महोत्सवमा आयोजित प्रतियोगितामा गाउँपालिकालाई ३-२ को सेटमा पराजित गरेको हो।
गल्याङले १ लाख ५५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ। यसैगरी,उपविजेता बिरुवाले पनि शिल्ड, मेडल र प्रमाणपत्रसहित १ लाख ५ हजार नगद पाएको छ।
प्रतियोगितामा तेस्रो बनेको भीरकोटले ५५ हजार र सान्त्वना बनेको वालिङ्ले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन्।
प्रतिक्रिया दिनुहोस !