पिच गर्न राङखोला-धोवादी सडक ३ साता बन्द गरिने

पिच गर्न राङखोला-धोवादी सडक ३ साता बन्द गरिने
निर्माणाधीन सडक।
सुन्नुहोस्

स्याङ्जा : पुतलीबजार नगरपालिका १० राङ्खोलादेखि विरुवा गाउँपालिकासम्मको ६ किलोमिटर सडक कालेपत्रे (पिच) बनाउनका लागि राङखोला-धोवादी सडक ३ साता बन्द गरिने भएको छ।

राङखोला-बिरुवा सडकखण्डमा निर्माण कार्य भइरहेको छ। सो अन्तर्गतका ६ किलोमिटर सडकमा कालेपत्रे गर्नका लागि चैत ७ देखि ३० गतेसम्म एम्बुलेन्स सेवा बाहेक अन्य बन्द गरिने भएको हो। नालीबाहेक साढे ५ मीटर चौडा पिच गरिने भएको छ। यो सडकले स्याङ्जा सदरमुकाम सहितको पुतलीबजार र विरुवा गाउँपालिकालाई जोडेको छ।

सडकको गुणस्तरीयतालाई ध्यान दिँदै वैकल्पिक मार्गबाट सवारी साधन उपयोग गर्न सूचित गराईको छ। वैकल्पिक बाटोको प्रयोग गर्न सकिने भएकाले निर्माण कम्पनीको अनुरोधमा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, उपप्रमुख खडगराज सुवेदी, बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवर, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, पूर्वाधार विकास कार्यालयका सिनियर इन्जिनियर दयाराम अधिकारी, प्रहरी उपरीक्षक शालिकराम शर्मा, सम्बन्धित पालिकाका पुतलीबजार तथा विरुवाका वडाअध्यक्षहरु, निर्माण कम्पनीका प्रतिनिधि लगायत पत्रकार एवम् सरोकारवालाहरुको उपस्थितिमा सो जानकारी गराइएको हो। 

सो मार्ग बन्द गरिए पनि निर्धारित समयसम्मका लागि विभिन्न ४ वटा वैकल्पिक सडकबाट आवागमन गर्न गराउन सकिने विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले जानकारी दिए। उनका अनुसार बिरुवा-ओरष्टे-ज्यामिरे हुँदै सदरमुकाम आउन सकिने छ। बस तथा जीपको प्रयोग गर्न सकिन्छ ।

यसैगरी बिरुवा-धोवादी-राङभाङ-ज्यामिरे हुँदै घुम्ती जीप सञ्चालन हुन्छ।  धोवादी-खाली-खाङराङ-ज्यामिरे घुम्तीसम्म आवतजावतका लागि पनि जीपमात्र सञ्चालन गर्न सकिने छ ।

जीप सञ्चालनका लागि ‘बिरुवा-बेलघारी-गुमार्दी-पेल्काचौर हुँदै जाडखोला’ आवतजावत गर्न सक्ने गरी वैकल्पिक मार्ग छन्। 

गणेशकुण्ड इन्द्रायणी रक्तकन्या जेभी काठमाडौं निर्माण कम्पनीले २०८० भदौ १२ गते काम सुरु गरेको हो। सम्झौता अनुसार कम्पनीले २०८२ साउन २८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने समयसिमा छ। अबको ५ महिनाभित्र काम सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको ठेकेदार कम्पनीका प्राविधिक ज्ञानराज घिमिरेले बताए।

भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ७९ प्रतिशत भएको पूर्वाधार कार्यालयका प्रमुखसमेत रहेका अधिकारीले जानकारी दिए। सडक निर्माणका लागि ठेकेदार कम्पनीसँग १७ करोड ९५ लाख २८ हजार ५०१ मा सम्झौता भएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.