पोखरा विमानस्थल सञ्चालनका दुई वर्ष : पहिलो नियमित व्यावसायिक चार्टर उडान

पोखरा विमानस्थल सञ्चालनका दुई वर्ष : पहिलो नियमित व्यावसायिक चार्टर उडान
सुन्नुहोस्

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको दुई वर्षपछि पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान सुरु भएको छ। पोखराबाट चीनको छेन्दु सहर जोड्ने गरी मंगलबारदेखि व्यवसायिक चार्टरउडान सुरु भएको हो। 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ पुस २७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेयता १० वटा चार्टरउडान मात्र भएका थिए। नियमित व्यावसायिक चार्टरउडान पोखराको पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्को नेतृत्वमा भएको हो। व्यवसायीले नियमित उडानका लागि आफ्नै खर्चमा यात्रु बनेर उडान भरेर नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गरेका हुन्। 

नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा व्यावसायिक चार्टरउडान सुरु भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए। 

नियमित चार्टरउडान सुरु भएपछि पोखराको पर्यटन व्यवसायी उत्साहित छन्। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरामा पर्यटक आगमन बढ्ने विश्वासमा पर्यटन पूर्वाधार होटल, रेस्टुरेन्ट, साहसिक खेलका गतिविधि लगायतमा लगानी बढाएका व्यवसायी नियमित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन्। चीनको छेन्दुमा हुने व्यावसायिक चार्टरउडानलाई नियमित उडानको रूपमा परिणत हुने गरी भूमिका खेल्न व्यवसायी र तीनै तहका सरकारबाट पहल हुनुपर्ने पनि पहारीले बताए। 

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रबद्र्धन, संस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए। चीनको छेन्दु, ल्हासामा नियमित उडान सुरु भएसँगै भारतका विभिन्न सहरका पनि नियमित अन्तर्राष्ट्रिय उडानका लागि संघ सरकारले पहल गर्न ढिलाइ गर्न नहुने मेयर आचार्यले बताए।

पोखरा छेन्दु उडानले पोखरा र सेरोफेरोका यात्रुका लागि कम खर्चमा पहुँचका साथै पोखरामा आउन चाहाने चिनियाँ पर्यटकहरूलाई सोझै पोखरा आउन सहज हुने बताइएको छ। नियमित व्यावसायिक चार्टरउडानले चीन सरकराले घोषण गरेको भिजिट नेपाल २०२५ र नेपाल सरकारले घोषण गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई टेवा पुग्ने पनि पोखरा महानगरपालिकाका मेयर आचार्यले बताए। पोखराबाट छेन्दु तीन र छेन्दुबाट पोखरा १० उडान बुक भइसकेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले बताए। पोखराबाट तीन उडानमा ३ सय ८१ जना छेन्दु जाने र छेन्दुबाट पोखरा आउने १० उडानमा १ हजार दुई सय ५० जना चिनियाँ पर्यटक आउने कार्यक्रम छ। छेन्दुबाट पहिलो नियमित व्यावसायिक चार्टर उडानबाट मंगलबार बिहान चिनियाँ कालाकार सहितको १२८ जनाको टोली पोखरा आएको छ। नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चिनियाँ कलाकारले बुधबार पोखरा सभागृहमा सांस्कृतिक कार्यक्रम गर्ने तालिका छ। 

व्यावसायिक चार्टरउडान सुरु भएसँगै पोखरा र छेन्दु नियमित अन्तर्राष्ट्रिय उडानका लागि ढोका खुल्ने व्यवसायीले विश्वास लिएका छन्। नेपालका लागि चिनियाँ राजदूत छन सोङले अन्य देशबाट पनि पोखरामा उडान आकर्षित गर्न विभिन्न हवाई मार्ग छिट्टै खुलाउन नेपाल सरकराले पहल गर्नुपर्ने बताए। नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको र पोखराले पनि भ्रमण वर्ष घोषण गरेकोले सन् २०२५ विशेष रहने उनले सुनाए। चिनियाँ पर्यटकलाई बाजागाजा सहित स्वागत गरिएको थियो। छेन्दुमा व्यावसायिक चार्टरउडान सुरु भए लगतै १८ चैतदेखि काठमाडौं, ल्हासा, पोखरा ल्हासा, काठमाडौं सातामा एक उडान गर्ने गरी तयारी भएको नेपाल नागरिक उड्यान प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.