त्रिभुवन आदर्श बहुमुखी स्याङ्जामा नेविसंघ प्यानल विजयी
स्याङजा : स्याङ्जा सदरमुकाममा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेविसंघका देवदत्त सुवेदी निर्वाचित भएका छन्।
पुतलीबजार नगरपालिका-१ मा रहेको क्याम्पसमा मंगलबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुवेदी सहितको नेविसंघका प्यानल नै निर्वाचित भएका हुन। स्ववियु सभापतिमा अनेरास्ववियूका उम्मेदवार विपना सुनामलाई २२९ मतान्तरले पराजित गर्दै सुवेदी निर्वाचित भए। सुवेदीले ३०९ मत पाउँदा सुनामले ८० मत पाइन्।
सचिवमा असिम भण्डारीले २९१ मतसहित र उनका प्रतिस्पर्धी समुन्द्र शर्माले ९४ मत पाए। कोषाध्यक्षमा समीक्षा मरासिनीले ३०६ मत र उनका प्रतिस्पर्धी मनोजकुमार नेपालीले ८० मत पाए। सदस्यमा शक्ति नेपाली ३०१, इमत्याज मिया २९४, बिन्दु विक २९३, सोफिया जिटी २९१ र रितु कार्की २९० मत पाएर सबै नेविसंघका उम्मेदवार विजयी भएका हुन।
यसैगरी समानुपातिकतर्फ नेविसंघका प्रसन्न पाण्डे, अस्मिता लम्साल, शिवु रेग्मी, राहुल गिरी, सुदल शाक्य निर्वाचित भए। अनेरास्ववियूका विमला थापा र सदीक्षा थापा निर्वाचित भएका छन्। ५३४ मतदाता रहेको क्याम्पसमा ३९३ मत खसेको निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !