अन्नपूर्णको चौथो साप्ताहिक बिजेता बन्यो दीपज्योति सेभिङ

अन्नपूर्णको चौथो साप्ताहिक बिजेता बन्यो दीपज्योति सेभिङ
सुन्नुहोस्

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले देशभर सञ्चालन गरिरहेको हात खाली नजाने ‘जसले पढ्छ, अवश्य पर्छ’ वार्षिक ग्राहक योजनाको चौथो साप्ताहिक विजेता ललितपुरस्थित लगनखेलको दीपज्योति सेभिङ एण्ड क्रेडिट बनेको छ। बिहीबार तिनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वार्टरमा आयोजित साप्ताहिक लक्की ड्रबाट अन्नपूर्णको वार्षिक ग्राहक बनेको रसिद न. १६०९/८१ रहेको  लगनखेलको दीपज्योति सेभिङ एण्ड क्रेडिट विजेता बनेको हो। 

अन्नपूर्ण मिडिया नेटवर्क ब्रान्ड हेड दिबिस पुकोटीले गरेको साप्ताहिक लक्की ड्रबाट दीपज्योति विजेता बनेको थियो। उसले ओपोको एथ्री एक्स मोबाइल पाउनेछ।

अन्नपूर्ण पोस्ट् र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक नवीकरण गर्ने र नयाँ वार्षिक ग्राहक बन्ने पाठकले ग्राहक बन्नासाथ हातहातै उपहारै उपहार पाउनेछन्। वार्षिक ग्राहक शुल्क अन्नपूर्ण पोस्टको तीन हजार चार सय रुपैयाँ र द अन्नपूर्ण एक्सप्रेसको पनि तीन हजार चार सय रुपैयाँ रहेको छ।

वार्षिक ग्राहक बन्नेले हातहातै वन्डरल्याण्डको १५ सय रुपैयाँको भौचर (जहाँ रोमाञ्चित खेलको मज्जा लिन सकिनेछ), साथै आइएनआई सिनेमाको मूभी भौचर पाउनेछन्।  यो नलिए उनीहरूले छनोट पनि गर्न पाउँछन्। जसमा नगद ५ सय देखि ३४ सय सम्मको नगद छुटको स्क्रयाच कार्ड साथसाथै आइएनआई सिनेमाको मूभी भौचर र अन्नपूर्ण केबलकारको टिकट पाउनेछ।

त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता लक्की ड्रबाट ओपोको मोबाइल फोनसहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउनेछन्। पाक्षिक उपहारमा डिसहोम इन्टरनेटबाट एक वर्षको फुल १ सय एमबिपीएस्को इन्टरनेट प्याकेज, मासिक पुरस्कारमा वासिङ मेसिन सहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउनेछन्। यो वार्षिक ग्राहक योजना देशभर लागू भएको छ। ४ महिना सम्म सञ्चालन हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.