१.२० अर्ब लगानीमा उपायले वेयरहाउस बनाउँदै

१.२० अर्ब लगानीमा उपायले वेयरहाउस बनाउँदै

काठमाडौं : लजिस्टिक कम्पनी उपायले १ अर्ब २० करोड रुपैयाँ लगानीमा साँगामा थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण गर्ने भएको छ। नेपाल प्रहरी स्कुल नजिकै कम्पनीले आफ्नै १८ रोपनी जग्गामा वेयरहाउस निर्माण गर्न लागेको हो।

आगामी महिनाबाट निर्माण सुरु गरेर सन् २०२६ को अन्त्यसम्ममा काम सक्ने लक्ष्य कम्पनीले राखेको छ। कम्पनीले वेयरहाउस निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहभागितासहित ९५ करोड रुपैयाँको कन्सोर्टियम ऋण व्यवस्थापन गरेको छ। जसको फाइनान्सियल क्लोजर गरिएको छ।

परियोजनाको अनुमानित लागत करिब १ अर्ब २० करोड ७ लाख रुपैयाँमध्ये बैंकहरुले ८५ करोड रुपैयाँ बराबरको आवधिक कर्जा (निर्माण अवधिको ब्याजबाहेक) बढीमा ८०:२० को ऋण स्वपूँजी रहने गरी लगानी गर्नेछन्। 

यसमध्ये सिटिजन्स बैंकबाट ६० करोड रुपैयाँ (आवधिक कर्जा ५० करोड रुपैयाँ, बैंक ग्यारेण्टी सुविधा ५ करोड रुपैयाँ र क्यास क्रेडिट कर्जा ५ करोड रुपैयाँ) र माछापुच्छ्रे बैंकबाट ३५ करोड रुपैयाँ (आवधिक कर्जा) लगानी हुनेछ भने बाँकी स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइनेछ। 

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाइ, सहअगुवाइ तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जामार्फत जलविद्युत, हरित ऊर्जा, अस्पताल, उत्पादन तथा अन्य क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.