आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बोलाएका छन्। बैठक आज बेलुकी ८ बजे बालुवाटारमा बस्ने छ।
राजावादीको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। राजावादी समर्थकहरूले आज काठमाडौंको विभिन्न स्थानमा ढुंगामुढा गर्दै आगजनीसमेत गरेका छन्।
प्रदर्शनकारीले सार्वजनिक सवारीसाधन र निजी सम्पत्तिमा समेत आगजनी गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !