प्रदर्शनकारीद्वारा लुटपाट, करोडौंको क्षति

प्रदर्शनकारीद्वारा लुटपाट, करोडौंको क्षति
सुन्नुहोस्

काठमाडौं : राजावादी समर्थकले शुक्रबार राजधानीमा गरेको प्रदर्शन हिंसात्मक हुन पुग्दा एक जना प्रदर्शनकारी र एक जना पत्रकारको मृत्यु भएको छ। प्रदर्शनकारीले नियोजित रूपमा नै निजी घर, संघसंस्थाको कार्यालय तथा सरकारी कार्यालयमा ढुंगामुढा र आगजनी गरेका थिए। जसबाट करोडौं रुपैयाँको क्षति भएको छ। प्रदर्शनकारीले तीनकुनेमा रहेको अन्नपूर्ण पोस्ट्को कार्यालयमा समेत आगजनी गरेका थिए। 

नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार राजावादी समर्थकहरूले नियोजित रूपमा नै हिंसात्मक आन्दोलन सुरु गरेका थिए। प्रदर्शनका क्रममा गम्भीर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको छ। उनको घाँटीमा गोली लागेको थियो। 

अराजक राजावादी प्रदर्शनकारीले काठमाडौंंको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड र आगजनीबाट करोडौं रुपैयाँबराबरको क्षति पुगेको छ। नवराज सुवेदी, दुर्गा प्रसाईंलगायतको नेतृत्वमा भएको प्रदर्शनमा प्रदर्शनकारीले व्यक्तिका निजी सम्पत्तिमा आगजनी र तोडफोड गरेका हुन्। प्रदर्शनकारीले तीनकुने क्षेत्रमा निजी कार्यालय सञ्चालन भएका घर, नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयलगायतमा तोडफोड र आगजनी गरेका थिए। 

तीनकुनेमा रहेको मार्बल हाउसमा प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए। भवन पूर्णरूपमा ध्वस्त भएको छ। उनीहरूले घरघरमा ढुंगामुडा गरेका थिए। त्यतिमात्रै होइन, अराजक भीडले कोटेश्वरस्थित जडीबुटी कारखानाभित्र छिरेर आगजनी गरेको छ।

कोटेश्वरकै भाटभटेनीमा तोडफोड र लुटपाट भएको छ। प्रदर्शनकारीले भित्र छिरेर फलफूलका कार्टुन, बियरका बोतललगायत सामान लिएर भागेका थिए। प्रहरी प्रवक्ताको भनाइअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३० जना बढी घाइते भएका छन्। जसमा केही प्रहरी कर्मचारीको अवस्था गम्भीर रहेको छ। 

गृहमन्त्री रमेश लेखकले प्रदर्शनका क्रममा भएको क्षतिको क्षतिपूर्तिका लागि सरकारले पहल गर्ने बताएका छन्। प्रदर्शनको नेतृत्व लिने र हिंसात्मक गतिविधिलाई निर्देशन दिने दुवै पक्षलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याउने उनले बताए। तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा निजी सम्पत्तिमाथि भएको क्षतिको जिम्मेवारी आयोजक लिनुपर्ने सरकारले जानकारी दिएको छ। गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै शुक्रबार प्रदर्शनका क्रममा भएको नोक्सानीको जिम्मेवारी आयोजकका तर्फबाट प्रसाईंले लिनुपर्ने बताएको हो।

व्यक्तिको निजी सम्पत्तिमाथि तोडफोड गर्ने, सञ्चार गृहमा आगजनी गर्ने, अस्पतालमा तोडफोड गर्ने, व्यापारिक केन्द्रमा तोडफोड गर्नेलगायत आपराधिक घटना भएका छन्। आपराधिक कार्यमा संलग्न सबैलाई पक्राउ गर्छौं। रेकर्डको आधारमा, इन्टेलिजेन्सको सूचनाको आधारमा सबैलाई कारबाहीको दायरामा ल्याउँछौं,’ गृह मन्त्रालयका सहसचिव छवि रिजालले भने। दुर्गा प्रसाईंले गाडी चलाएर प्रहरीलाई मार्न खोजेको आरोपसमेत सरकारले लगाएको छ।’ दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाउनुभयो। त्यसपछि तीनकुने क्षेत्र उग्र बनेको देखिन्छ,’ रिजालले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.