तीनकुनेमा घटाइएको घटनामा न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। रास्वपाको सचिवालय बैठकले चैत १८ गतेका लागि बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
त्यस्तै रास्वपाले तीनकुने क्षेत्रमा घटेको घटनामा संलग्नहरूलाई कानुनी कारबाही गर्न माग गरेको छ। रास्वपाले न्यायिक छानबिन समिति गठन गर्न मागसमेत गरेको छ।
'काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा २०८१ चैत १५ गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने,' रास्वपाको विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !