थाइल्यान्डका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

थाइल्यान्डका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। बुधबार थाइल्यान्डको बैंककमा आयोजित द्विपक्षीय भेटवार्तापछि प्रधानमन्त्री ओलीले समकक्षी शिनावातलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। 

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र थाइल्याण्डबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता-जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने बताएका थिए। नेपालमा होटल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने उनको भनाइ थियो।

'नेपाल र थाइल्याण्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम छ। थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि म आह्वान गर्दछु। नेपाल र थाइल्यान्डबीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो रहेको छ। अब हामी अन्तर्राष्ट्रिय मुद्दाका साथै जलवायु परिवर्तनका बारेमा हातेमालो गरेर काम गर्नेछौं,' प्रधानमन्त्री ओलीले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.