यात्रामा यात्रुको साथी ‘स्लाश प्लस’
सार्वजनिक यातायातमा क्रान्ति, यात्रुको यात्राको साथी ‘स्लाश प्लस’ ‘हामी अहिले बानेश्वरमा आइपुग्यौं, गाडी पूर्ण रूपमा नरोकिएसम्म यात्रु चढाउने र ओराल्ने काम नगर्नुहोला र नओर्लिनु होला। यात्रा गर्दा पाकेटमारदेखि सावधान रहनुहोला, गर्भवती महिलालाई सिट उपलब्ध गराईदिनुहुन हामी अनुरोध गर्दछौँ।’
यदि तपाईंहरू काठमाडौं चक्रपथमा चल्ने महानगर यातायात र साझा बसमा यात्रा गर्नुभएको छ भने पक्कै यी आवाजलाई सुन्नुभएकै होला। राजधानीको चक्रपथ परिक्रमा गर्ने बस महानगर यातायात र साझा यातायातका बसहरूले ठाउँपिच्छे यी शब्दहरू भनिरहन्छन्। जहाँ जहाँ बस रोकिन्छ ‘हामी अहिले .....मा आइपुग्यौँ, गाडी पूर्ण रूपमा नरोकिएसम्म यात्रु चढाउने र ओराल्ने काम नगर्नुहोला र अबको स्टेसन ....... हुनेछ।’ भनिरहन्छ। यी सबै एक सिस्टममा जडान गरिएको आवाजले भनिरहेको हुन्छ। जुन स्लाश प्लसले जडान गरेको हो।
के हो स्लाश प्लस ?
काठमाडौं उपत्यकाको रिङरोडमा चल्ने महानगर यातायात र साझा बसमा स्ल्याश प्लसले विकास गरेका प्रविधि जडान गरिएका छन्। विशेषगरी गाडी कुन ठाउँमा पुग्यो भन्ने कुराको जानकारी दिने प्रणाली स्लाश प्लसले नै विकास गरेको कम्पनीका चिफ अपरेटिङ अफिसर प्रमोश अधिकारी बताउँछन्। ‘हामी सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउने कार्यमा केन्द्रित छौँ’ उनले भने, ‘हाम्रो प्रविधि प्रयोग गर्दा कुनै नयाँ ठाउँमा यात्रा गरिरहनु भएको छ भने तपाईंले गाडी कहाँ पुग्यो भनेर बारम्बार सोधिरहनु पर्दैन। सबै कुरा टीभीमा नै जानकारी आउँछ।’
त्यस्तै कम्पनीले सञ्चालनमा ल्याएको साझा प्लस तथा महानगर प्लस एपमार्फत साझा र महानगर यातायातका सम्पूर्ण बस ट्र्याक गर्न सकिन्छ। यससँगै कम्पनीको नेपालभर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई ट्रयाक गर्ने एप पनि विकास गरेको छ। जुन जिपिएस सेवा हो र यसलाई धेरै जसो सार्वजनिक यातायतामा प्रयोग गरिन्छ। स्लाश प्लसले बसहरूको टीभी स्क्रिनमा विज्ञापन राख्न सञ्चालन गरेको छ।
डिजीबज नामक प्रोडक्टबाट यो एउटा यस्तो प्लेटफर्म हो जसको सहायताले कम्पनीहरूले आफ्नो विज्ञापन बसको टीभी स्क्रिनमा राख्न सक्छन् र त्यसमार्फत व्यापारमा वृद्धि गर्न सक्छन्। जहाँ एउटा बक्सको आधारमा सबै बसलाई ट्र्याक गर्न र टीभी स्क्रिनमा विज्ञापन गर्न सकिन्छ। जुन एउटा ठाउँमा पुग्दा एउटा सामग्रीको विज्ञापन र अर्को ठाउँमा पुग्दा अर्को सामग्रीको विज्ञापन देख्न सकिन्छ, जुन कम्पनीको कार्यालयबाट अपलोड गर्न सकिन्छ र सबै बसहरूमा स्वचालित रूपमा अपलोड हुन्छ।
तर, त्यसलाई दर्शकअनुसार पनि लक्षित गर्न सकिन्छ। ‘यो प्लेटफर्म प्रयोग गर्न हामी कम्पनीहरूलाई एउटा ड्यासबोर्ड उपलब्ध गराउँछौं,’ अधिकारी भन्छन्। यस्तै स्लाश प्लसमा साइनेज प्लस नामक अर्को उत्पादन छ। जुन स्मार्ट डिस्प्लेको समाधान समेत हो। जसमा साइनेज प्लसले आफ्नै सफ्टवेयर भएको डिजिटल स्ट्यान्डी तथा डिजिटल डिस्पेलको साथै साइनेज बक्स बनाएर डिभाइस पनि बेच्दै आइरहेको छ। जुन पूर्ण रूपमा क्लाउडमा आधारित र आफ्नो इच्छाअनुसार मिलाउन सकिनेछ।
जसले कुनै पनि टीभी डिस्प्लेलाई स्मार्ट र क्लाउड आधारित बनाउँछ। कुनै पनि कम्पनीले साइनेज प्लस प्रयोग गरेर यो आफ्नो टीभी डिस्प्लेलाई स्मार्ट बनाउन सक्नेछन्। हाल स्लाश प्लसको यो सेवा नेपाल टेलिकमलगायत अन्य विभिन्न रेस्टुरेन्ट, फिटनेस सेन्टर र फेसन हाउसले प्रयोग गर्दै आएका छन्। यससँगै कम्पनीले ट्राभल नेपाल प्लस निर्माण गर्दै आएको छ। यो एउटा एप हो, जसले सार्वजनिक यातायातमा क्रान्तिकारी परिवर्तन ल्याउन र हरेक यात्रुको यात्राको साथी बन्ने अर्थात् यात्रालाई सहज बनाउने प्लेटफर्म हो।
यससँगै स्लाश प्लसलेस्मार्ट पार्किङ, जीपीएस ट्र्याकिङ, बस फाइन्डर जस्ता एप तथा वेबसाइट सञ्चालनमा ल्याएको छ। कम्पनीले विभिन्न क्षेत्रमा काम गर्ने ७० भन्दा बढी कम्पनीलाई सेवा दिएको छ। कम्पनीले आफूहरूले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई झन्झटमुक्त बनाउने प्रविधि विकास गरिरहेको अधिकारी बताउँछन्। हाल यो कम्पनीले ४५ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ।
के छ डिजी बजमा ?
डिजी बज एउटा बसको विज्ञापन गर्ने प्याल्टफर्म हो। जहाँ व्यवसायहरूले आफूलाई मन लागेको बस र त्यस बसको रुट छान्न र आफ्नो विज्ञापन राख्न मिल्छ। ‘डिजी बज हामीले आठ वर्षको रिसर्च एन्ड डेभलपमेन्टपछि बनेको प्रोडक्ट हो। हामी विगत तीन वर्षदेखि यो डिजी बजमा अपरेट गरिरहेका छौँ। पहिला सिधै ठूलो क्लाइन्टहरूसँग गएर बिजनेस डिल गरिन्थ्यो। तर अबको डिजी बजमा सबैले घरमै बसेर रजिस्टर गर्न मिल्छ र आफ्नो बिजनेसको विज्ञापन गर्न सकिन्छ।’
डिजी बजबाट भएको आम्दानी यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने कार्यमा लगानी गरेको छ। डिजी बजको प्रविधि २ सय २२ बसहरूमा प्रयोग गरिएको छ। जुन अहिले साझा बस, महानगर यातायात र बुटवलको विजयभूभी यातायातमा राखिएको छ। डिजी बजमा विज्ञापन राख्न ग्राहकहरूलाई प्रतिमहिना प्रतिबस ६ सय रुपैयाँ मात्र लाग्नेछ। यससँगै रुटहरूको आधारमा बसहरू छनोट गर्न पनि सकिन्छ, जसमा उनीहरूलाई प्रतिमहिना प्रतिबस १५ सय रुपैयाँ र कम्तीमा १० बसहरू विज्ञापनका लागि छान्नुपर्ने हुन्छ।
एउटा बसमा हरेक दिन लगभग ८ सय मानिसहरू चढ्छन्, जसमा औसतमा हेर्ने हो भने १.५ लाख मानिसहरू चढ्छन्। जसकारण डिजीबज कम्पनीहरूको लागि विज्ञापन राख्नका लागि उत्तम प्लेटफर्म हो। डिजी बजले ३६० डिग्रीको साउन्ड र ३२ इन्चको एलईडी टीभी साझा र महानगर यातायातका २ सय २२ बसभित्र राखिएका छन्।
यससँगै सार्वजनिक यातायातको सन्दर्भमा विभिन्न कम्पनीहरूसँग मिलेर ट्राभल एन्ड टुरका गाडीहरूमा मनोरञ्जनको हिसाबले डिजी बजको अरु प्रपोजहरू सेवा सुरु हुन लागेका छन्। जसरी प्लेनमा हुँदा कतै हिमाल देखियो भने पाइलटले हिमालबारे बताउँछन्, हामी पनि त्यसैगरी बसबाट यात्रा गर्दा बाटोमा देखिने कुराहरू पर्यटकलाई देखाउने तथा परिचय दिने कुराहरू गरिररहेका छौं। ‘हाम्रो मेन कम्पनी स्लाश प्लस हो, तर हामीलाई अहिले बजारमा चिन्नुहुन्न त्यसैले हामी पहिला हाम्रो पोडक्ट डिजी बज र ट्राभल नेपाल प्ल्स चिनाएर मात्रै स्ल्याश प्लसलाई बुझाउँदै मार्केटलाई सिकाउँदै अघि बढ्ने सोचेका छौँ।’
सार्वजनिक यातायातमा क्रान्ति गर्न ट्राभल नेपाल प्लस
नेपालमा सार्वजनिक यातायातमा क्रान्ति गर्नका लागि स्ल्यास प्लसले ट्राभल नेपाल स्थापना गरेको प्रमोशको भनाइ छ। ‘सार्वजनिक यातायात कुनै पनि देशको मुटु हो, त्यसैले हामीले यसलाई फैलाउने सोचमा काम गरिरहेका छौं। त्यसका लागि हामीले काठमाडौंको ८० प्रतिशत सार्वजनिक यातायातमा हाम्रो जीपीएस सिस्टम प्रयोग भइरहेको छ। यसमा हामीसँग भएका सबै डाटा युटिलाइज गरेर सिस्टम बनेको छ।’
यो एउटा एप हो, जसले सार्वजनिक यातायातमा क्रान्तिकारी परिवर्तन गर्ने र हरेक यात्रुका लागि उत्कृष्ट प्लेटफर्म बन्ने लक्ष्य लिएको छ। यो एप सार्वजनिक यातायात र अन्य राइड सेयरिङ जस्तै सहज र सरल बन्नेछ। आफू जाने गन्तव्य रोज्नासाथ कुन बस कति बेला कहाँ आइपुग्छ, बसस्टपसम्म कति हिँड्नु पर्छ आदि सबैको विवरण यो एपमा आउँछ। यो एप प्लेस्टोर र एप स्टोर दुवैमा उपलब्ध छ। यो एपले नेपालको सार्वजनिक यातायात उद्योगमा क्रान्ति गर्ने अधिकारी बताउँछन्।’
यो एप पब्लिक ट्रान्सपोर्टसन भए पनि राइड सेयरिङ जस्तै सहज र सरल बन्नेछ। आफू जाने गन्तव्य रोज्ना साथ कुन बस कति बेला कहाँ आइपुग्छ, बसस्टपसम्म कति हिँड्नुपर्छ आदि सबैको विवरण यो एपमा आउँछ। यो एप प्लेस्टोर र एप स्टोर दुवैमा उपलब्ध छ। यो एपले
नेपालको सार्वजनिक यातायात उद्योगमा क्रान्ति गर्ने
अधिकारी बताउँछन्। ‘यो एप पब्लिक ट्रान्सपोर्टसन भए पनि राइड सेयरिङजस्तै सजिलो हुन्छ। हामी कतै जाँदा दुई तीनवटा बस चेन्ज गर्नुपर्नेछ भने त्यही एपमा उसले यति टाइमपछि यो, यो गाडी आउँछ, त्यो गाडीमा चढ्ने यसले यहाँ पुर्याउँछ र यसले त्यहाँसम्म पुर्याएपछि कति समय हिँड्नुपर्ने समेत बताइदिन्छ।र यसरी हामीले सार्वजनिक यातायातमा क्रान्ति गर्नको लागि पब्लिक ट्रान्सपोर्टसनमा फेयर भाडादरको लागि पेमेन्ट गर्ने बारे समेत योजना बनाइरहेका छौं र त्यसलाई वैज्ञानिक तरिकाले लैजाने कुरामा वर्क भइरहेको छ। जसका लागि यातायात प्राधिकरणसँग मिलेर काम गर्ने सोच छ।’
सुझाब
‘आफूसँग आइडिया छ र गर्न सक्छु जस्तो लाग्छ भने प्रपर प्लानसहित अघि बढ्नुपर्छ। च्यालेन्जेजहरू धेरै आउँछन् तर यसलाई चिर्दै त्यसलाई समाधान गर्दै जान सकिन्छ। हामी अहिले नै ग्लोबल्ली रूपमा जान नसकिए पनि लोकल लेभलमा राम्रो बनेर पछि त्यसलाई नै ग्लोबल रूपमा लान सकिन्छ। ग्लोबलमा जानलाई धेरै टम्र्स एण्ड पोलिसीहरूले गर्दा जानलाई अप्ठ्यारो हुन्छ, तर लोकल लेभलमा टम्र्स र पोलिसी राम्रो भयो भने गर्न सकिन्छ प्लान बढाउनुपर्छ रिसर्च गर्नुपर्छ र डेभलप गर्ने गर्नुपर्छ। कुनै पनि कुराको सुरुवात नगरेसम्म केही पनि थाहा हुँदैन र च्यालेन्ज के हो भन्ने पनि थाहा हुँदैन र च्यालेन्ज फेस गरेर मात्रै अगाडि बढ्न सक्ने हो, त्यसैले आफूसँग प्लान छ भने छिट्टै अघि बढ्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस !