स्वस्थ्य नै सम्पत्ति
इन्धन प्रयोग गर्ने सवारीसाधनहरूको तीव्र वृद्धिले हानिकारक ग्यासहरूको उत्सर्जनलाई अत्यधिक बढाएको छ । कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड, हाइड्रोकार्बन, सूक्ष्म कणहरू र हरितगृह ग्यासहरूजस्ता प्रदूषकहरू वातावरणलाई गम्भीर रूपमा असर पार्छन् ।
काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रमुख कारणमा इँटा उद्योग एवं सवारीसाधनको धुवाँ पनि हो ।
स्वास्थ्यमा पर्ने प्रभाव
- श्वासप्रश्वाससम्बन्धी समस्या– दम, फोक्सो संक्रमण, दीर्घ श्वासप्रश्वास समस्या (सीओपीपीडी) आदि ।
- मुटु तथा रक्तसञ्चार प्रणालीसम्बन्धी समस्या– उच्च रक्तचाप, मुटु रोग, हृदयाघात ।
- एलर्जी र छालासम्बन्धी समस्या– नाक एलर्जी, आँखा चिलाउने समस्या, छालासम्बन्धी विभिन्न एलर्जी ।
- मुख तथा पाचन प्रणालीसम्बन्धी समस्या– मुखको घाउ, घाँटी संक्रमण, पाचन प्रणालीसम्बन्धी ।
- मिर्गौलामा असर– लामो समयसम्म प्रदूषित वायुमण्डलमा बस्दा मिर्गौलाको कार्यक्षमतामा असर पर्न सक्छ ।
- आँखा र छालामा असर– आँखामा एलर्जी संक्रमण र छालाको समस्या निम्त्याउन सक्छ ।
के गर्ने ?
- बाहिर हिँड्दा मास्क लगाउने
- हरियाली सहरको विकास गर्ने
- दूषित सवारीसाधन नचलाउने
- सार्वजनिक यातायातको विकास गर्ने
- विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने
- स्वस्थ जीवनशैली अपनाउने
प्रतिक्रिया दिनुहोस !