उद्योगको बक्यौता रकम उठाउन खोज्दा पदबाट बर्खास्त गरियो : कुलमान

उद्योगको बक्यौता रकम उठाउन खोज्दा पदबाट बर्खास्त गरियो : कुलमान
सुन्नुहोस्

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक संस्थाको बक्यौता रकम उठाउन खोज्दा सरकारले आफूलाई पदबाट बर्खास्त गरेको दावी गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले डेडिकेटेड र ट्रंक लाइनको  बक्यौता महशुल उठाउन खोज्नु नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताए। उनले बक्यौता नउठाउने गरी आएका दबाब र आग्रहलाई स्वीकार नगर्दा पदबाट हट्नुपर्ने अवस्था आएको दावी गरे।

'बक्यौता रकम नउठाउने गरी आएका दबाब र आग्रहलाई मेरो कर्तव्यले स्वीकार गर्न सकेन। संस्था र राज्यप्रति घात गर्न मेरो नैतिकताले दिएन,उनले भने,'यसकारण बक्यौता उठाउने मेरो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो।'

उनले सार्वजनिक संस्थाको बक्यौता उठाउने आफ्नो प्रयास राज्यविरुद्धको अपराध हो भन्दै प्रश्न समेत गरे। उनले यसको जवाफ नेपाली जनता र इतिहासले आगामी दिनमा माग्ने जिकिर गरे।

ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी मुलुक भारत र बंगलादेशसम्म विद्युत व्यापार विस्तार गर्नेलागयतका अभियानमा सक्रिय भएकोमा गत असारमा वर्तमान सरकार र ऊर्जा जलस्रोत र सिंचाइ मन्त्री आएपछि आफूमाथि अनावश्यक र गैरकानुनी दबाब सिर्जना भएको बताए।

उनले भने,' प्राधिकरणको संस्थागत विकास र उन्नतिका कामकारवाही प्रभावकारी बनाउन, परिपक्व सल्लाह र संरक्षकत्व हुनुको सट्टा मेरो तेजोवत गर्न, मनोवल गिराउने ममाथि सुनियोजित आक्रमणमा उत्रिनु भयो।  यो किन गरियो र कसका लागि गरियो प्रष्ट छ।'

अघिल्लो साता बसेको  मन्त्रिपरिषद बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।
 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.