शिक्षकका समस्या समाधान हुन्छ, उहाँहरू जानुहुन्छ : प्रधानमन्त्री

शिक्षकका समस्या समाधान हुन्छ, उहाँहरू जानुहुन्छ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूको समस्या टुंग्याउने प्रतिबद्धता जनाएका छन्। थाइल्यान्ड भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारको विश्वास गरेर आन्दोलनमा आएकोप्रति धन्यवाद दिए।

'शिक्षकहरूलाई धन्यवाद दिन चाहन्छु। सरकारमाथि विश्वास गरेर प्रदर्शनमा आउनुभएको छ। पहिले पहिले त यसरी प्रदर्शन हुँदैनथ्यो। अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ,' उनले भने। यसअघिका सरकारले जति प्रदर्शन गरे पनि सुनुवाइ नहुने गरेको उनको आरोप छ।

'प्रदर्शन गर्‍यो कानमा बतास नलागेपछि प्रदर्शन गर्नुको मजा पनि भएन। तर, हामी उहाँहरूको कुरा सुन्छौं। उहाँहरूले सरकारको कुरा सुन्नुहुन्छ। न उहाँ सरकारविरोधी हो। न हामी उहाँहरूको विरोधी हो। के कति गर्न सकिन्छ। छलफल गरेर टुंगिन्छ। सरकारले नकारात्मक दृष्टिकोण राख्दैन,' उनले भने।

उनले प्रदर्शनमा नआएर डेलिगेशन नै आए पनि समस्या समाधान हुने बताए। 'यत्रो आउन जरुरी थिएन। अब आइहाल्नुभयो। समस्या टुंगिन्छ। उहाँहरू जानुहुन्छ,' उनले भने।

यसैबीच विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शनलाई निरन्तरता दिएका छन्। सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा शनिबार पनि प्रदर्शन गरेका हुन्।

काठमाडौं केन्द्रीत आन्दोलन गरेको महासंघले आफ्नो एकसुत्रीय माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाएको छ। सदनको हिउँदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.