राजावादी आन्दोलनमा ५ करोडको क्षति दाबी

राजावादी आन्दोलनमा ५ करोडको क्षति दाबी
सुन्नुहोस्

काठमाडौं : राजावादीको चैत १५ गते राजधानीमा भएको आन्दोलनबाट करिब ५ करोड रुपैयाँको क्षति पुगेको भन्दै बिमा दाबी गरिएको छ। राजावादीको प्रदर्शन अराजक बनेपछि निजी र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको थियो। 

राष्ट्रिय बिमा प्राधिकरणको चैत २० गतेसम्मको तथ्यांकअनुसार हुलदंगाबाट ४ करोड ८७ लाख ६८ हजार २० रुपैयाँ बराबरको क्षति भएको छ। कुल ४३ वटा सम्पत्तिमा क्षति पुगेको भन्दै बिमाको दाबी गरिएको हो। ती बिमामा इन्जिनियरिङ तथा ठेकेदार जोखिम, मोटर बिमा (निजी), सम्पत्ति बिमा र विविध अभिलेख शीर्षकमा बिमा दाबी परेको हो। करिब ४५ हजार रुपैयाँको दाबी भुक्तानी भइसकेको छ।  
इन्जिनियरिङ तथा ठेकेदार जोखिम शीर्षकमा ३ वटा दाबी परेका छन् भने निजीतर्फको मोटर बिमा शीर्षकमा २२ वटा दाबी परेका छन्। यस्तै, सम्पत्ति बिमाअन्तर्गत १६ वटा दाबी परेको छ र विविध शीर्षकमा २ वटा बिमा दाबी परेको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी सम्पत्ति बिमामा ३ करोड ११ लाख ६६ हजार २१३ रुपैयाँको दाबी पर्दा मोटर बिमामा १ करोड २९ लाख रुपैयाँको दाबी परेको छ। 

इन्जिनियरिङतर्फ ३७ लाख बराबरको दाबी परेको प्राधिकरणको तथ्यांक छ। विविधमा भने करिब १० लाखको दाबी परेको छ। उक्त दाबी ११ बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने छ। चैत २० गतेसम्म परेको उक्त दाबी रकममध्ये सबैभन्दा बढी राष्ट्रिय बिमा कम्पनीमा १ करोड २७ लाख रुपैयाँ बराबरको दाबी परेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पनि १ करोड १७ लाख ५० हजारको हुलदंगामा भएको क्षतिको दाबी परेको हो। अभिलेख संख्याका आधारमा नेशनल इन्स्योरेन्समा ११ वटा दाबी परेको छ। दाबी भुक्तानी सुरु भने शिखर इन्स्योरेन्सले गरेको छ। null
 
कम्पनीमा १३ लाख २५ हजार १२ रुपैयाँको ५ वटा दाबी परेकोमा ३ वटाको करिब ४५ हजार भुक्तानी गरेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक र अराजक बन्दा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा २ जनाको मृत्यु भएको थियो। प्रदर्शनकारीले तीनकुने आलोकनगरमा रहेको एक निजी घरमा आगो लगाएका थिए। 

तीनकुनेमा नै रहेको अन्नपूर्ण पोस्ट्, कान्तिपुर टेलिभिजनलगायतका कार्यालयमा पनि तोडफोड गरेका थिए। प्रदर्शनकारीले जडिबुटीस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरी ध्वस्त बनाएका थिए भने कोटेश्वरको भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट मच्चाएका थिए। 

दर्जनौं गाडिमा आगो लगाएको र निजी सम्पत्ति तोडफोड गरेका थिए। तीनकुनेमा आगजनीपछि प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न प्रहरीले ५८ राउन्ड गोली प्रहार गरेको, ७४६ राउन्ड अ श्रुग्यास र १९२ पटक ब्ल्यांक फायर भएको जनाइएको छ। प्रहरीका अनुसार २० जनालाई गोली लागेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.